दुई सयभन्दा बढी कृषकको नि:शुल्क माटो परिक्षण गरायो बेलबारी नगरपालिकाले

  • १९ असार २०७७, शुक्रबार

बेलबारी नगरपालिकाले २सय  भन्दा बढी कृषकको नि:शुल्क माटो परिक्षण गरी दिएको छ ।

सोमवार नगरपालिकाले कृषि भुमि तथा सहकारी मन्त्रालयबाट बिज्ञहरुको टोलिनै बोलाएर माटो परिक्षण गराएको हो ।
ब्याबसायिक कृषिमा जोड दिनका लागि माटो परिक्षण गरीएको बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताउनु भयो । माटो परिक्षण नगरी खेति गर्दा वालिनाली नफस्टाउने समस्या हुने गरेकोले परम्परागत खेति भन्दा आधुनिक खेतिका लागि कृषकहरुलाई सहयोग गरेको नगर प्रमुख सुवेदीले बताए ।

अमलियपना, नाइट्रोजन, फसफोरस ,पोटास तथा माटो लेपानि सोच्ने क्षमता परिक्षणको पिोटले ले देखाउछ बेलबारी नगरपालिका कृषि शाखाका प्रमुख बिनोद दाहालले भन्नु भयो त्यहि अनुसारको वालिनालि लगायो भने फस्टाउछ ।

माटो परिक्षण गराउने कृषकहरुलागि नगरपालिकाले केहि महिना अघि सुचनानै जारी गरेर माटो मगाएको थियो । नगरपालिकाले प्रत्येक बर्ष माटो परिक्षण गराउने गरेको छ ।