बेलबारीमा शुरुभो प्रधानमन्त्री स्वरोजगार कार्यक्रम , ६ सय ५८ जनाले रोजगारी पाउने

उत्तम पोख्रेल

  • २४ असार २०७७, बुधबार

कृषिलाई प्राथमिकता दिदै बेलबारी नगरपालिकमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम सुरु भएको छ ।

एक वडा एक उत्पादन गरीरहेको नगरपालिकाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा समेत कृषिलाई प्राथमिक्ता दिएको छ ।

आर्थीक बर्ष ०७७/०७८को निति तथा कार्यक्रममा समेत कृषिलाई प्राथमिक्ता दिएको बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले भन्नु भयो नगरको पहिलो प्राथमिक्ता कृषि नै हो ।

कृषकका खेतवारीमा सिचाईका लागि पैनि कुलो मर्मत देखी उत्पादन गरीएका विरुवाहरुको गोडमेल तथा मलजल गर्ने काम भइरहेको प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा संयोजक बिनोद दाहालले बताए । बेलबारी ४ मा गत बर्ष यहि कार्यक्रम मार्फ १० हजार भन्दा वढि सुपारीका विरुवा रोपिएका थिए अहिले तिनै विरुवाको गोडमेल तथा मलजल गरीरहेका छौ ।

यस्तै केहि वडाहरुमा भने ड्रेन निर्माण खानेपानि विस्तार तथा बिद्यालय मर्मतको काम समेत गरीरहेको छन । नगरपालिकामा ६ सय ५८ जनाले रोजगार पाउने संयोजक दाहालले बताए । न्यून आय भएकाहरुको छनोट गरी रोजगारी दिएको नगरपालिकाले जनाएको छ ।

कोरोना भाइरसका कारण दैनिक ज्यालादारीबाट गरीखाने परिवारलाई यो कार्यक्रमले राहत समेत मिल्ने विश्वास गरीएको छ । काम गर्नेहरुलाई मास्क गोलोब्स तथा सेनिटाइजरको प्रयोग समेत अनिवार्य गरीएको छ ।