कौशीखेतीमा आकर्षित हुन थाले इटहरी ६ स्वागत टोलका महिला, उपमहानगरको पनि सहयोग

  • २४ असार २०७७, बुधबार

इटहरी वडा नम्वर ६ स्वागत टोलका महिला कौशीखेतीमा आकर्षित भएका छन्।

उनीहरुले कौशीखेती गर्न २ वटा समूहनै निर्माण गरेका छन । वजार क्षेत्रका महिलामा कौशीखेती प्रति आकर्षण देखेर इटहरी उपमहानगरले स्वागत टोल विकास सस्था मार्फत ३० जना महिलालाई कौशीखेती सम्वन्धि तालिम दिएर आवश्यक समाग्री समेत उपलब्ध गराएको छ ।

उपमेयर आत्मनिर्भर कार्यक्रम अन्र्तगत तालिम दिएर आवश्यक समाग्री डमस्टेन, हजारी र मलविउ उपलब्ध गराइएको हो ।

उपमेयर लक्ष्मी गौतम तथा वडा नम्वर ६ का अध्यक्ष दिपक गौतमले ती समाग्री हस्तान्तरण गर्नुभयो । उपमेयर लक्ष्मी गौतमले इटहरीलाई तरकारीमा आत्मनिर्भर वनाउने योजना अन्र्तगत वजारका महिलालाई कोैशीखेतीका लागि तालिम र आवश्यक समाग्री सहयोग गरिएको वताउनुभयो । उहाँले नमूनाकौशी खेती गर्न सल्लाह दिनुभयो ।

उपमहानगरले आगामी वर्षको वजेटमा समेत १५ लाख रुपियाँ कौशीखेतीका लागि प्रस्ताव गरिएको वताउनुभयो । वडा नम्वर ६ का वडाध्यक्ष दीपक गौतमले वजार क्षेत्रमा ठाँउ सुहाउदो काम अघि वढेकोमा खुशि ब्यक्त गर्नुभयो । उहाँले वडाका एकसय पचास घर लक्षित गरेर कौशीखेतीका लागि ब्यवस्थित र सुदृढ तालिम प्रदान गरिने वताउनुभयो ।

उपमहानगर सामाजिक विकास शाखाकी अघिकृत मायाँ राईले कौशीखेतीवाटै पहिचान वनाउन शुभकामना दिनुभयो । स्वागत टोल विकास सस्थाकी अध्यक्ष भद्रा थापाले तालिममा सिकेको ज्ञानलाई ब्यवहारमै उर्तान सुझाव दिनुभयो ।

इटहरी वडा नम्वर ६ स्वागत टोलका महिला कौशीखेतीमा आकर्षित भएका छन । उनीहरुले कौशीखेती गर्न २ वटा समूहनै निर्माण गरेका छन । वजार क्षेत्रका महिलामा कौशीखेती प्रति आकर्षण देखेर इटहरी उपमहानगरले स्वागत टोल विकास सस्था मार्फत ३० जना महिलालाई कौशीखेती सम्वन्धि तालिम दिएर आवश्यक समाग्री समेत उपलब्ध गराएको छ ।

उपमेयर आत्मनिर्भर कार्यक्रम अन्र्तगत तालिम दिएर आवश्यक समाग्री डमस्टेन,हजारी र मलविउ उपलब्ध गराइएको हो । उपमेयर लक्ष्मी गौतम तथा वडानम्वर ६का अध्यक्ष दिपक गौतमले ती समाग्री हस्तान्तरण गर्नुभयो । उपमेयर लक्ष्मी गौतमले इटहरीलाई तरकारीमा आत्मनिर्भर वनाउने योजना अन्र्तगत वजारका महिलालाई कोैशीखेतीका लागि तालिम र आवश्यक समाग्री सहयोग गरिएको वताउनुभयो । उहाँले नमूनाकौशी खेती गर्न सल्लाह दिनुभयो ।