खानेपानी योजना संचालनको २१ वर्षपछि डाँगीहाटमा बल्ल पुग्यो धाराको पानी

  • २६ असार २०७७, शुक्रबार

मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा रहेको डाँगिहाट खानेपानी तथा सरसफाई उपभोक्ता समितिले लामो समयपछि खानेपानीको धारा बितरण गर्न सुरु गरेको छ ।

२०५६ सालमा तत्कालीन डाँगिहाट गाविसका बासिन्दालाई स्वच्छ खानेपानी पु¥याउने उदेश्यका साथ डाँगिहाट खानेपानी तथा सरसफाई उपभोक्ता समिति गठन गरिएको थियो ।

२१ बर्षमा ५ वटा उपभोक्ता समिति गठन भएका छन । लामो साय पछि नवगठित उपभोक्ता समितिले भने धारा वितरण गर्न सुरु गरेको छ ।

१ हजार लिटर क्षमताको ट्याकी संचालन ल्याएर धारा वितरण गर्न सुरु गरिएको समितिका अध्यक्ष शिबकुमार राइले बताउँछन । यसै आर्थिक बर्षमा २ सय ५० देखी ३ सय परिवारलाई धारा वितरण गर्ने लक्ष्य लिएको समेत राई बताउँछन । खानेपानी ट्याङ्कीको क्षमता भने ७ सयदेखि १ हजार परिवारलाईे पुग्ने राई बताउँछन् ।

दुईदशक पछि धारामा पानि आँउदा स्थानीय वासिन्दाहरु समेत खुसी देखिएका छन । अब उनीहरु चाँडै खानेपानी पनि आए हुन्थ्यो भन्नेमा छन् ।