बांँसको पुल चाहिँदैन अब बेलबारी ६ का बासिन्दालाई, धैती खोलामा बन्यो पक्की पुल

  • १२ श्रावण २०७७, सोमबार

बांँसको पुलबाट बनाएर आवत जावत गर्दै आएका बेलबारी नगरपालिका वडा नम्बर ६ का बासिन्दाले धैति खोलामा पक्की पुल बनेपछि लाभान्वित भएका छन्  ।

बेलबारी ६ नम्बर वडाको ५ लाख र नगरपालिकाको ८ लाख  गरी १३ लाख लागतमा पुल निर्माण गरीएको हो । पुल निर्माण भएसँगै वडा नम्बर ७ हुदै बिराटनगरसम्म जानका लागि सहज भएको वडा अध्यक्ष उदय बहादुर राई (राजु) ले बताए ।
पुल निर्माण भएसगै स्थानिय बासिन्दा समेत खुशी भएका छन । पक्की पुल निर्माण भएपछि बांँसको अस्थाई पुलबाट आवत जावत गर्नु पर्ने बाध्यता हटेको छ । पुुुल लस्थानिय वासिन्दाले नगरपालिका र वडालाइ समेत धन्यवाद दिएका छन् ।

नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले यसै हप्ता एक कार्यक्रमका विच उक्त पुलको उद्घाटन गरेका छन् । पुल उद्घाटन गर्दै प्रमुख सुवेदीले यो पुलको निर्माणको लागत तथा सयमलाई हेरर अन्य वडाहरुले समेत सिक्नु पर्ने बताए । नगरको विकासका लागि दिनरात नभनी खट्ने भन्दै नगर प्रमुख सुवेदीले उज्यालो बेलबारी र समबृद्ध बेलबारी बनाउन सवैको सहयोग रेहेको बताए ।