बेलबारीका मृगौलापीडित रामको लागि सहयोग जुटाइँदै, जन्मदिनमा संजयले दिए सात हजार

  • २३ श्रावण २०७७, शुक्रबार

बेलबारी नगरपालिका वडा नम्बर ३ मिलिजुली टोलका मृगौला पडित राम रानाको उपचारका लागि बेलबारी ३ निवासी संजय सुवेदीले आफ्नो जन्मदिनको अवसरमा  आर्थिक सहयोग गरेका छन ।

आर्थिक कमजोरीका कारण उपचारमा कठिनाई भइरहेको बेला सुबेदीले आफ्नो जन्मदिनको अवसर पारेर पिडित परियारलाइ ७ हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन्  । अन्य खर्च गरेर जन्मोत्सव मनाउनुको सट्टा बिरामीलाई आर्थिक सहयोग गर्दा बिरामीको उपचारमा केही हदसम्म राहत हुने महसुस गर्दै आफुले आर्थिक सहयोग गरेको सुवेदीले बताए  ।

त्यस्तै मिलिजुली टोलका युवा राजन सुबेदीले पनि आफ्नो अगुवाईमा मृगौला पिडितको लागि आर्थिक सहयोग जुटाएका छन ।

उनले आफ्नो अगुवाइमा स्थानियहरुको सहयोगले ४६ हजार ४ सय रुपैया सन्कलन गरेका छन । मृगौला पिडित परियारको घरको आर्थिक समस्यालाई बुझेर उनको उपचारका निमित्त चाहिने आर्थिक रकम जुटाउदै आएको उनी बताउंँछन । सबैले थोरै भएपनि आर्थिक सहयोग गरी पिडितको उपचारमा सहयोग गर्न सुवेदीले अपिल गरेका छन् ।

राम राना परियार बिगत केही समय अगाडि देखि मृगौला खराबीका कारण धरान स्थित बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत रहेका छन् । उनको सानो परिवार कोठा भाडामा लिइ बस्दै आएका छन् ।

केही वर्ष अगाडि पिडितको छोरीको पनि आर्थिक अवस्थाकै कारणले अल्पायुमै निधन भएको थियो । उनको एउटा मृगौला पुर्ण रुपमा खराब भइ सकेको र खराब भइसकेको मृगौला अप्रेसन गरि फाल्नु पर्ने भएको तथा  अर्को मृगौलामा पनि ५० प्रतिशत खराबी रहेको परिवारले बताएका छन् ।

डाइलासिस गरि जोगाउन सकिने डाक्टरले सुझाएको हुदा आफूलाई आर्थिक समस्याले पिरोलेको उनी बताउँछन । आफुलाई आर्थिक सहयोग गरेर साथ सहयोग गर्न उनले सबैलाई आग्रह समेत गरेका छन् ।