पुरै परिवारकाे सहारा बन्दै आएका अपाङ्ग पदम श्रेष्ठलाई बेलबारी नगरपालिकाले गर्यो सहयाेग

  • २३ श्रावण २०७७, शुक्रबार

केशु विरही, बेलबारी, माेरङ/ लामाे समयदेखि शारीरिक अपांग भएर पनि पूरै परिवारकाे साहरा बन्न सफल बेलबारीका पदम श्रेष्ठलाई नगरपालिकाले सहयाेग गरेकाे छ।

१४ बर्ष देखि ह्विलचेयरको सहारामा घरमै बसेरविभिन्न घरायसी सामग्रीहरु बनाउदै आएका बेलबारी ३ का पदम श्रेष्ठले औजारकाे अभावमा ती सामग्री बनाउन समस्या परेकाे विषयमा पुर्वेली डटकम लगायतका मिडियाले यसअघि नै समाचार सम्प्रेसन गरेका थिए ।

रोटीमेकर, ऐना, हातेपंखा, मदानी, तराजु, मोवाइल स्टेन, लागतका घरायसी सामग्री बनाएर जीविकाेपार्जन गर्दै अाएका बेलबारी ३ विजुली अफिस टाेलका पदम श्रेष्ठलाई नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदी सहितकाे टाेलीले घरमै पुगेर मोटर ड्रिल मेसिन, भ्याक्सो मेसिन, प्लेञ्जो लगायतका औजार वितरण गरेकाे छ ।

आवश्यक औजारका अभावमा यस्ता सामाग्री बनाउनका लागि ठूलाे समस्या झेलिरहेका श्रेष्ठले नगरपालिकाबाट प्राप्त औजारले ठूलाे सहयाेग पुग्ने बताएका छन् ।

साथै उनले नगर प्रमुखले यसरी घरमै आएर आफ्नाे स्वास्थ अवस्थाकाे बारेमा जानकारी लिदै आवश्यक औजार समेत उपलव्ध गराएकाेमा नगरप्रमुख र सिङ्गाे नगरपालिकाप्रति आभार व्यक्त गरेका छन ।

नगरप्रमुख सुवेदीले नगरवासीहरुलाई उद्यमी तथा व्यावसायिक बनाउनका लागि गरीबसँग नगरपालिका नाम दिएर छुटै कार्यक्रम संचालन गरिरहेको समेत जानकारी गराए । नगरप्रमुख सुवेदीले पदमप्रति लक्षित गर्दै भने-हामी आफनै नगरमा केही गर्छौ भन्नेहरुलाई प्राथमिक्तामा राखेर काम गरिरहेका छाैँ ।”