समुदाय स्तरमै कोेरोना परिक्षण गर्दै बेलबारी नगरपालिका, कर्मचारी र सञ्चारकर्मीको पनि कोरोना जाँच

  • २५ श्रावण २०७७, आईतवार

बेलबारी नगरपालिकाले समुदाय स्तरमै कोरोनाको परिक्षण गर्न थालेको छ ।

सुरक्षाकर्मी, सञ्चारकर्मी, मालपोत तथा नापी कार्यालय, तथा विद्युत प्राधिकरण बेलबारीका कर्मचारी लगायत सामाजिक तथा राजनीतिक क्षेत्रमा क्रियाशील  अन्य ब्यक्तिहरुको पीसीआर परिक्षण गरिएको हो ।

परिक्षण अभियान अन्तरगत आइतबार बिहान दर्जनभन्दा बढी सञ्चारकर्मीसहित ३० जनाभन्दा बढीको स्वाब संकलन गरिएको छ । त्यसअघि सुरक्षाकर्मीसहित कर्मचारीहरुको नमूना संकलन गरी कोशी अस्पताल बिराटनगर पठाइ सकिएको गरीसकिएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले जानकारी दिए ।

बेलबारीको बास्तविक अबस्था बुझनका लागि फ्रन्टलाईनमा काम गरिरहेकाहरुलाई पहिलो प्राथमिकतामा राखेर परिक्षण गरिएको बेलबारी नगरपालिका कोभिड १९ ब्यबस्थापन उपसमितिका संयोजक स्वास्थ्य सहायक सन्तोष बिकले बताए  ।

बेलबारीमा हालसम्म ६ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये ४ जना उपचारपछि घर फर्किएका छन भने २ जना सामान्य अबस्थामा कोभिड अस्पतालमा उपचाररत छन् ।