कोरोना संक्रमित राख्ने ठाउँ अभाव हुन थालेपछि आइसोलेसन खडा गर्दै बेलबारी नगरपालिका

  • २ भाद्र २०७७, मंगलवार

कोभिड उपचार केन्द्रमा संक्रमित राख्ने ठाउँ अभाव हुन थालेपछि बेलबारी नगरपालिकाले आइसोलेसनको ब्यबस्था गर्ने भएको छ ।
सोमबार बेलबारीका थप १० जनामा कोरोना संक्रमण देखिएसँगै उनीहरुलाई राख्ने आइसोलेसन अभाव भएपछि नगरले पहल थालेको हो । बेलबारी २ स्थित बागदेवी सामुदायिक वन उपभोक्ता समुहको भवनमा आइसोलेसन स्थापना गरिने भएको हो ।उ नीहरुलाई अहिले घरमै राखिएको छ ।                                          कोरोना रोग रोकथाम सर्वदलिय नगर समन्वय समितिको मंगलबार भएको बैठकले नगरभित्रै आइसोलेसन निर्माण गर्ने निर्णय गरेको उपमेयर ढाका पराजुलीले जानकारी दिईन् । उनका अनुसार बेलबारी २ स्थित बागदेवी सामुदायिक वन उपभोक्ता समुहको भवनमा आइसोलेसन स्थापना गर्न पहल अघि बढाएपनि स्थानिय बासिन्दाले असहज महसुस गरेपछि मंगलबार साँझसम्म छलफल गरेपछि सहमति जुुुुटेको छ ।
छलफलबाट आवश्यक भौतिक पुर्वाधार तयार गर्दै आइसोलेसन स्थापना गर्ने निर्णय भएको वडा नम्बर २ का वडाध्यक्ष घनश्याम गौतमले जानकारी दिए । कोरोना रोकथाम सर्वदलिय समन्वय समिति वडा नम्बर २ का संयोजक समेत रहेका गौतमले वन समित, टोलविकास संस्थाका प्रतिनिधि लगायतसँगको छलफल पछि आइसोलेसन निर्माण गर्ने सहमतिका साथ काम अघि बढेको  जानकारी दिए ।
भवनमा पंखा जडान गर्ने, खानेपानी तथा शौचालयको समेत उचित प्रवन्ध गर्नुपर्ने भएकाले ढिलोमा २ दिनभित्रमा आइसोलेसन तयार गरिने समेत गौतमले बताए  । अस्थाई प्रकृतिकै भएपनि छुट्टा छ्ट्टै शौचालय निर्माण गर्ने, पंखा जडान लगायतको काम भइरहेको बताइएको छ ।