बेलबारी नपाले बनायो वाईफाई र सिसि क्यामेरा सहितको आईसाेलेसन, चेकजाँच र खानाको पनि ब्यबस्था

  • ८ भाद्र २०७७, सोमबार

केशु विरही, बेलबारी, मोरङ /समुदायस्तरमै कोरोनाको संक्रमण फैलिन थालेसँगै बेलबारी नगरपालिकाले सङ्क्रमितलाई राख्ने आफैँ आइसोलेसन बनाएको छ । बेलबारी नगरपालिका वडा नम्बर -२ को बागदेवी सामुदायिक वन उपभोक्ता समूहको भवनमा २५ शैयाको आइसोलेसन बनाएको हो ।

लक्षण नदेखिएका संक्रमितलाई चौबिसै घण्टा स्वास्थ्यकर्मीको निगरानीमा राख्ने व्यवस्था मिलाइएको बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले बताएका छन् ।

केही स्थानीयतहले भने क्वारेन्टाइनलाई हटाएर आइसोलेसन बनाइरेहकाे बेलामा बेलबारी नगरपालिकाले भने आफ्नै लगानीमा क्वारेन्टाइनसमेत संचालन गरिरहेको छ । विभिन्न देशबाट आएकाहरुलाई ४ महिनादेखि बेलबारी – ८ मा रहेकाे क्वारेन्टाइनमा राखिरहेको नगरपालिकाले जनाएकाे छ ।

लक्षण नदेखिएका संक्रमतिहरुलाई आइसोलेनसनमा राख्ने र लक्षण देखिएका बिरामीलाई भने कोभिड अस्पताल रेफर गरिने बेलबारी नगरपालिका स्वास्थ्य शाखाले बताएकाे छ । आइसोलेसन तथा क्वारेन्टाइनमा बस्नेहरुलाई नगरपनलिकाले खाने व्वबस्था गरिरहेको छ ।

अहिले निर्माण भएकाे आइसोलेसनमा वाईफाई तथा सिसि क्यामेरा समेत जडान गरीएको छ भने २४ घन्टानै बत्ती नजाने व्यबस्था समेत मिलाइएको नगरपालिकाले जनाएको छ । नगरपालिकाकाे याे कार्यलाई स्थानीयवासीले खुलेर प्रशंसा गरेका छन ।

यसअघि पनि नगरपालिकाकाे नयाँ भवनमा जिल्लाकै पहिलाे पटक अाईसाेलेसन वाड निर्णमा गरेकाे भनेर प्रशंसा कमाएकाे थियाे । तर यसकाे केही समयमै अाईसाेलेसनमा अावश्यक उपचार सामग्र उपलव्ध गराउन नसक्दा अालाेचना समेत खेप्नु परेकाे नगरपालिकाले यस पटक भने लक्षण नदेखिएका काेराेना सङ्क्रमितहरुलाई मात्र नयाँ अाईसाेलेसनमा राख्ने बताएकाे छ ।

२२ गतेदेखि नियमित लकडाउन :

काेराेना सङ्क्रमण नराेकिए पछि बेलबारी नगरपालिकाले श्रावण २२ गते देखि लगातार रुपमा लकडाउन गरिरहेकाे छ ।

भाद्र ७ गते आईतबार बसेको कोरोना नियन्त्रण सामन्वय समिति, बेलबारीको बैठकले सङ्क्रमण नघटेकाे ठहर गर्दै लकडाउन निरन्तरता दिने निर्णय गर्याे ।

काेराेना सङ्क्रमणकाे अवस्था सामान्य नभएकाे, लकडाउन नै एकमात्र भरपर्दाे विधि भएकाे ठहर गर्दै लकडाउन बढाउने निर्णय गरेकाे बेलबारी नगरपालिकाकाले जनाएकाे छ । लकडाउन अवधीभर नगरभित्र अत्यावस्यक सेवाबाहेकका सबै कुरा बन्द रहने, यातायातका साधन पुर्णरुपमा बन्द रहने, साप्ताहिक हाटबजार, सम्पूर्ण सरकारी कार्यालय, बैंक तथा वित्तिय कार्यालय,सहकारी संस्थाहरु,नगरपालिका तथा सो अन्तर्गतका वडा कार्यालयको दैनिक प्रसासनिक सेवाहरु बन्द रहने छन् ।

लकडाउन अवधीमा पनि औषधि पसल, अस्पताल, क्लिनिक, दुधडेरी, पेट्रोल पम्प, पानीजन्य उद्योग, पशुस्वास्थ्य केन्द्र भेटेरीनरी सेवा भने सञ्चालन गर्न पाइने नगरपालिकाले जनाएको छ ।

त्यसाे त लकडाउनलाई भरपर्दाे विधि नभएकाे, लकडाउनलेभन्दा भाेकमारीले मानिसलाई जीउन कठिन बनाईरहेकाेले भरपर्दाे सुरक्षाका विधि अपनाएर लकडाउन खाेलेर जनजीवनलाई सामान्य बनाउनु पर्ने बिचार पनि बाहिर आउन थालेका छन ।