अब धनकुटामा पनि रहनेभो पीसीआर मेसिन, भाद्र १७ गतेसम्म जिल्लाभरी निषेधाज्ञा कायमै

  • १२ भाद्र २०७७, शुक्रबार

कोरोना भाईरसको संक्रमण  भए नभएको पत्ता लगाउन र समयमै रोकथाम गर्न धनकुटामा पिसीआर मेसिन राखिने भएको छ ।              स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  असार १२ गते र कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष सञ्चालक समितिले गत भदौ २ गते धनकुटामा पिसिआर परिक्षण मेसिन राख्ने निर्णय गरे  बमोजिम  जिल्लामै    पीसिआर मेेेसिन जडान हुने भएको हो ।
प्रतिनिधि सभाका सांसद राजेन्द्र राईले धनकुटामा पिसिआर मेसिन चाडै ल्याएर स्थापना गर्ने तयारी भइरहेको बताए ।
त्यसैगरी  धनकुुटमै ४० वेडको आईसोलेसन वाड पनि स्थापना हुने भएको छ । प्रदेश सभाका सांसद निरन राईले आइसोलेेेसन  वार्ड बनाउन  कार्य प्रारभ्भ भइ सकेको जानकारी दिए । प्रदेश सभाबाट चिकित्सक स्वास्थ्य विधेयक पारित गरी धनकुटामा मेडिकल केलेज स्थापना गर्नका लागि धनकुटाबाट प्रतिनिधित्व गर्ने प्रदेश सभाका सांसदहरु लागिपरेको उनले बताए  ।        जिल्लाभरी भाद्र १७ गतेसम्म लकडाउन सहित निशेधाज्ञा    त्यसैगरी मोडालिडि परिर्वतन गर्दै धनकुटा जिल्लामा भाद्र १७ गते राती १२ बजेसम्म धनकुटा जिल्लाभरी नै लकडाउन सहित निशेधाज्ञा जारी गर्ने निर्णय धनकुटा जिल्ला स्तरीय कोभिग १९ क्राइसिस म्यानेजमेन्ट कमिटि( सि एम सि)को बैठकले निर्णय गरेको छ ।
धनकुटाका प्रमुख जिल्ला अधिकारी तथा सि एम सि धनकुटाका अध्यक्ष केशव प्रसाद बिमलीको अध्यक्षतमा भएको बैठकल कोरोना भाईरसका विरामीहरुको सम्पर्कका व्यक्तिहरुको पि सि आर रिर्पोट नआएकाले धनकुटामा कोरोना भाईरस समुदायमा फैलन नदिनका लागी भाद्र १७ गते राती सम्म धनकुटा जिल्लाभरी नै लक डाउन तथा  निषेधाज्ञ जारी गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले जानकारी  दिए ।
लकडाउनको मोडालिटि परिवर्तन गर्दै दैनिक उपभोग्य तथा अत्यावाश्यक सामाग्रीहरु लगायत सम्पूर्ण उपभोग्य वस्तुका पसलहरु पसल विहान ७ बजे देखी १० बजे सम्म र साझ ५ बजे देखी ७ बजे सम्म खुल्ला रहने निर्णय भएको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले वताए ।
धनकुटा जिल्लामा सवै कार्यालयहरुका कर्मचारीहरु पमुख जिल्ला अधिकारीको अनुमती बिना जिल्ला छोडेर जान नपाउने र बैठक,  सभा सम्मेन, गोष्ठी,अ न्र्तक्रिया लगायत मानिस भेला हुने कार्यक्रमहरु लगायतका कार्यहरु समेत सवैले बन्द गर्ने निर्णय भएको धनकुटा जिल्ला प्रशासन कार्यालय का नायब सुब्बा रत्न दर्लामीले वताए  ।
धनकुटा जिल्लामा लगाईरहेको लक डाउन तथा निषेधाज्ञलाई मेडालिटी परिर्वतन गरी भाद्य्र १७ गते राती १२ बजे सम्म धनकुटा जिल्लाको धनकुटा नगरपालिका,महालक्ष्मी नगरपालिका,पाख्रिवास नगरपालिका,छथरजोरपाटी,सहीदभूमी,चौविसे,सागुरीगढी गाउपालिका लगायत जिल्लाभरीनै लकडाउन लगाएको हो ।
लकडाउनलाई कडा बनाउदै प्रभावकारी रुपमा लागु गर्न र सामाजिक दुरी अनिवार्य कायम गर्ने र माक्स अनिवार्य लगाउनका लागी र भेडेटार र मुलघाटमा कडा चेक गरी अनुगमन गर्ने समेत निर्णय भएको छ ।   धनकुटामा हालसम्म डेढ दर्जन ब्यक्ति कोरोनाबाट संक्रमित भएको पुष्टि भइसकेको छ । यसै हप्ता सहिदभुमी गाउँपालिकाका थप एकजनालाई कोरोना संक्रमण पुुुष्ठी भएको छ ।