शुक्रबारेमा सामुदायिक भवन बन्दै, प्रदेश सांसद ओझाले गरे शिलान्यास

  • २५ भाद्र २०७७, बिहीबार

सुन्दरहरैँचा, माेरङ/ सुन्दरहरैँचा ११ मा रहेकाे श्री मक्करध्वन सामुदायिक संस्थाले निर्माण सामुदायिक भवनकाे शिलान्यास गरिएकाे छ ।                                                             सुन्दरहरैँचा ११ र १२ काे सिमानामा रहेकाे शुक्रबारेमा आयाेजित एक कार्यक्रममा प्रदेश सभा सांसद राजकुमार ओझाले शिलान्यास गरेका हुन । साे भवन शिलान्यास कार्यक्रममा सुन्दरहरैँचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकाल, उपप्रमुख धनमाया तामाङ, काेशीहरैँचा उद्याेग वाणिज्य सङ्घका अध्यक्ष नवराज चापागाई, नेकपा सुन्दरहरैँचाका अध्यक्ष केदार गुरागाई, सहरी विकास तथा भवन डिभिजन कार्यालय माेरङका प्रमुख रामशुभ्रम चाैधरी, जग्गादाता लगायतकाे सहभागिता रहेकाे थियाे ।

सिलन्यास गरिएकाे सामुदायिक भाैतिक विकास मन्त्रालय, बहुवर्षीय याेजनामा निर्माण सम्मन्न हुने उक्त भवन १ कराेड ५० लाखमा ठेक्का सम्झाैता भएकाे उक्त दुईतले भवनमा नाै काेठे रहने छन दुईवटा भवन निर्माण हुनेछ । भनवकाे शिलान्यास कार्यक्रमलाई सम्बाेधन गर्दै प्रदेश सांसद राजकुमार अाेझाले निर्माणाधीन सामुदायिक भवनले शुक्रबारे र अासपासका क्षेत्रलाई मात्र नचएर सिङ्गाे नगरलाई फाईदा पुग्ने बताए । साेही क्षेत्रबाट प्रतिनिधित्व समेत गरेका सांसद अाेझाले विकास निर्माणका काममा सबै एक भएर अघि बढ्नुकाे विकल्प नरहेकाे बताए ।

सुन्दरहरैँचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले सिमित श्राेत र साधनकाबिच पनि नगरपालिकाले विकास निर्माणका कामलाई अगाडि बढाईरहेकाे बताए । काेराेनाकाबिच संचालन गरिएकाे कार्यक्रममा अतिथिका लागि बस्नका लागि निर्माण गरिएकाे मन्च तथा सहभागीकाे बस्ने व्यवस्था हेर्दा सामाजिक दुरीकाे भने खासै ध्यान दिएकाे देखिदैनथ्याे ।

संस्थाकाे अध्यक्ष रमेशकुमार खड्काकाे अध्यक्षतामा सम्पन्न सिलन्यास कार्यक्रमकाे संचालन भने स्थानीय शिक्षक हिमाल अधिकारीले गरेका थिए ।