जन्मदिनकाे अवसरमा ५१ हजार रुपैयाँको अक्षयकाेष स्थापना गरिदिए बेलबारीका एक युवाले

आफैंले पढेको विद्यालयमा पनि ३१ हजार रुपैयाँकाे अक्षयकाेष स्थापना गर्ने घोषणा

  • २८ भाद्र २०७७, आईतवार

बेलबारीका एकजना युवाले आफ्नाे जन्मदिनमा लाग्ने खर्च कटाएर स्थानीय विद्यालयमा अक्षयकाेश स्थापना गरिदिएका छन ।

बेलबारी नगरपालिका वार्ड न -२, लालभित्तीका भूपेन्द्र अधिकारीले जन्मदिनमा हुने फजुल खर्च कटाएर स्थानीय कविर माध्यमिक विद्यालयमा ५१ हजार १ सय ५१ रुपैया बराबरकाे अक्षयकाेश स्थापना गरिदिएका हुन् । अधिकारीले शनिबार अक्षयकाेश स्थापनाका लागि साे रकमको चेक विद्यालयलाइ  हस्तान्तरण गरेका छन् ।

स्वास्थ्यकर्मी समेत रहेका अधिकारीले आफूले जस्ताे अरु बालबालिकाले अध्ययनकै लागि दु:ख व्यहाेर्नु नपराेस् भनेर अक्षयकाेषकाे स्थापनाका लागि रकम दिएकाे बताए । साथै उनले जन्मदिवशकाे नामकाे देखावा र त्यसका नाममा हुने फजुल खर्च गर्नु अावश्यक नरहेकाे, उक्त खर्च कटाएर सामाजिक सेवामा लाग्नु पर्ने बताए ।

अक्षयकाेशकाे लागि उपलव्ध गराएरईएकाे चेक बुझ्दै कविर मावि बेलबारी २ का प्रधानाध्यापक दुर्गप्रसाद गाैतमले प्राप्त रकमलाई काेशमा जम्मा गरिने बताउदै उक्त रकमले विद्यार्थीलाई अध्ययनका लागि प्रेरणा मिल्ने बताए । उनले काेषकाे लागि रकम उपलव्ध गराएकाेमा धन्यवाद समेत दिएका छन् ।

बेलबारी नगरपालिका वार्ड नं १ अध्यक्ष घनश्याम गौतमले पनि जन्मदिकाे अवसरमा विद्यालयलाई अक्षयकाेशकाे स्थापना गरिदिनु आफैमा स्वागतयाेग्य काम रहेकाे बताउँदै अरुले पनि यस्ताे कामकाे अनुशरण गर्नुपर्ने बताए ।

 अधिकारीले तीसाैँ जन्मदिनकै दिन आफैंले बाल्यकालमा पढेकाे चयनपुर १० मा अबस्थित सिंहेश्वर आधारभूत विद्यालयमा पनि ३१ हजार रुपैयाँ बराबरकाे अक्षयकाेष स्थापना गर्ने घोषणा गरेका छन् ।