लकडाउनले गरिबी र अभाब झन् बढेपछि बाबुले गरे आत्महत्या, छाेराछाेरीकाे विचल्ली

  • ३१ भाद्र २०७७, बुधबार

केशु विरही, सुन्दरहरैँचा/ गरिबी र अभावका कारण सुन्दरहरैंचा नगरपालिका–१० का ४७ बर्षीया अशाेक दर्जीले आत्महत्या गरेपछि उनका छाेराछाेरी विचल्लीमा परेका छन ।

सुन्दरहरैँचा नगरपालिका वार्ड न १० सुकुमबासी टाेलका अशाेक दर्जीका ४ जना सन्तान छन् । ३ बहिनी छोरी र १ भाइ छोरामध्ये जेठीको छाेरीकाे बिबाह भई सेकोको छ भने अन्य ३ जना सन्तान भने नावालक नै छन् । मजदुरी गरेर अशाेकले आफ्ना सन्तानकाे पालन पोषण गर्दै आएका थिए ।                 दैनिक मजदुरी गरेर आफना छोरा छोरीकाे पालन पोषण गर्दै आएका उनले लकडाउन भएपछि मजदुरी गर्नसमेत पाएनन । ऐलानी जग्गामा टहराेमा जीवन गुजार्दै आएका अशाेकले आफनो घरमा भएका सामग्रीहरु बेचेर समेत छोराछोरीको पेट पालिरहेका थिए । कोरोनाका कारण ज्याला मजबुरी गर्ने बाटो बन्द भएपछि उनले आफनो आफना छोरा छोरीको पालन पोष्णका लागि उनलाई कठिन भयाे । यतिसम्म कि दुई छोरी र एक छोराको भोक टार्न उनले घरमा भएको ग्यास सिलिण्डर समेत बेचे । लामो समय काम नखुल्दा भोकले छोराछोरी छटपटाउन थालेसँगै भोकमारीकाे पीडा सहन नसक्दा उनले मृत्युको बाटो रोजेकाे स्थानीय बताउँछन । उनी गत मंगलबार डोरीको पासो लगाएर झुन्डिएकाे अबस्थामा फेला परे ।

भनिन्छ गरिबीकाे पनि सिमा हुन्छ । उनकाे दर्दनाक कहनी सुन्दा जाेकाेहीकाे पनि अाङ नै सिरिङ हुन्छ । आत्महत्या पछि उनकाे टहराेमा पुग्दा एक माना चामल समेत घरमा नभएको छिमेकी दिपेन जोगीले बताउँछन ।

“कात्रो किन्ने पैसा ता परै जाओस हाम्रो संस्कार अनुसार शवलाई घाटसम्म पुर्यानका लागि चाहिने एक मानो चामल तथा एक गेडो धान समेत थिएन उनकाे घरमा नभेटिए पछि छर छिमेकीबाट उठाएर शवको दाहसंस्कार गरेकाे अशाेककाे घरदेखि नजिकै घर भएका दिपेन जाेगी बताउँछन ।

नावालका छोरा र छोरी अहिले बाबुको काजक्रिर्या गरिरहेका छन । उनका १२ वर्षीय छाेरा छन । मृत्यु संस्कारकालागि वडाकार्यालय तथा गाँउलेहरुले चन्दा उठाएर सहयोग गरिरहेका छन ।

मृतककी ३८ वर्षीया श्रीमती दिलमाया भने वैदेशिक राेजगारीकाे सिलसिलामा भारतकाे डिल्ली पुगेकाे बताईएकाे छ । लकडाउनले गर्दा उनी फर्किएर श्रीमानकाे काजकृयामा सहभागी हुन समेत पाएकी छैनन ।

राम्रो कमाई हुने प्रलोभन देखाएर कुवेत लैजाने भन्दै दलालले उनलाई दिल्लीमा र्पुयाएर अलपत्र पारिदिएका बताईन्छ ।

अशोकका १२ वर्षका एक छोरा, १४ र १७ वर्षीया छोरीको बिचल्ली यति बेला बिचल्ली भएको छ । बुबाकाे मृत्यु पछि माहिली छाेरीकाे काधमा भाइ बहिनी पाल्ने र पढाउने जिम्मेवारी थपिएकाे छ तर उनी अाफै शारिरीक रुपमा अशक्त छिन ।

जेठी छाेरी बुबाकाे मृत्यु पछि साना भाइ बहिनी भविष्य विग्रीनेमा चिन्तित छिन । अझ उनलाई सानाे भाइकाे पढाईकाे चिन्ताले पिराेलेकाे छ । कसैले भाइकाे पठनपाठनकाे व्यवस्था गरिदिए हसन्थ्याे भन्ने चाहेकी छिन ।

बुढी भएका अामा भने छाेराकाे मृत्युकाे कुरा उठाउनसाथ भक्कानिन्छिन । अाफूले छाेराेकाे मुख हेर्न नपाउकाे पीडा त छदैँछ तर यी नाबालक नातीनातिकाे के हाेला भन्ने कुराले पिराेलेकाे छ ।

लकडाउनका कारणले खानै नपाएर अात्महत्या गरेकाे कुरालाई भने सुन्दरहरैंचा नगरपालिका वार्ड न १० का अध्यक्ष राजेश थापाकाे विचार भने अलि फरक रहेकाे छ । उनी अात्महत्याकाे कारणमध्ये एउटा कारण चाहिँ गरिबी हुनसक्ने तर बाहिर मिडियामा अाएजस्ताे खानै नपाएर अात्महत्या गरेकाे समाचारमा भने पूर्ण सत्यता नभएकाे बताउँछन । अध्यक्ष थापा भन्छन- उनकाे मृत्युमा हामी चिन्तित छाैँ । वडाले पटक सम्म राहात बाढेकाे थियाे । त्यही राहात उनकाे परिवारलाई पनि दिएकाे हाे । यदि खानै नपाएर मृत्युवरण गर्ने अवस्था अाएकाे जानकारी चाँडै प्राप्त भएकाे भए जुनसुकै मूल्य चुकाएर भए पनि बचाउनेतर्फ लागिन्थ्याे ।” तर अब नावालय छाेराकाे पठापाठनले स्थानीय सरकार सचेत रहेकाे, आफूहरु त्यसमा लाग्ने अध्यक्ष थापा बताउँछन ।

नागरिक खानै नपाएर अात्महत्याकाे अवस्थामा पुग्नु अाफैमा दु:खद हाे । अाफ्ना नागरिककाे जिउधनकाे सुरक्षा गर्नु राज्यकाे दायित्व हाे । झन अहिले घर अाँगनमा सरकार छ ।

अात्महत्याकाे कारण जे भए पनि मृत्युलाई सहजताकाे रुपमा लिन सकिन्न । राज्यबाट अब ती नाबालक छाेराछाेरी पालनपाेषण र शिक्षा दिक्षाकाे ज्ञारेन्टी हुन सकेमा मात्र अशाेककाे अात्माले शान्ति पाउने छ ।