बेलबारीमा २० जनाले जिते कोरोनालाई, ११ जना क्वारेन्टाइनमा

  • ३० भाद्र २०७७, मंगलवार

आइतवार बेलबारी नगरपालिकाले २३ जनाको पिसिआर परिक्षण गरेको छ ।                                                                  बेलबारी नगरपालिका स्वास्थ्य शाखाका कमर्चचारी सन्तोष विश्वकर्माका अनुसार आइसोलेसनमा बस्ने ७ जना, होलडिङ एरियामा बस्ने १२ जना तथा अन्य ४ जनाको कन्ट्रयाक टेसिङ गरीएको छ ।                                                           बेलबारीको आइसोलेसनमा ७ जना रहेका छन भने होलडिङ एरियामा २६ जना रहेका छन् ।                                    बेलबारीमा अहिलेसम्म ३२ जनामा कोरोना पोजेटिभ देखिएकामा २० जनाले कोरोनालाई पारजित गरेका छन्  । १ जनाको मृत्यु भइसेकेको छ । अन्य ११ जनाको क्वारेन्टाइनमा राखेर उपचार भइरहेको नगरपालिकाले जनाएको छ ।