कुलमान घिसिङको कार्यकाल थपियोस् भन्दै बेलबारीका युवाहरुको खवरदारी

  • ३१ भाद्र २०७७, बुधबार

बेलबारी, माेरङ/ नेपाल विद्युत प्राधिकरणका सिईयाे कुलमान घिसिङलाई सरकारले कार्यकाल नथपेपछि उनकाे कार्यकाल थप्नु पर्ने भन्दै बेलबारीमा युवाहरुले खवरदारी गरेका छन ।

बेलबारी स्वतन्त्र युवा समूहकाे अायाेजनामा संचालन भएकाे खवरदारी कार्यक्रममा स्थानीय युवाहरुले सहभागिता रहेकाे थियाे ।

“कुलमानलाई पुन: नियुक्ति गर, माफियालाई कारवाही गर, कुलमान तिमी छाै र पाे उज्यालाे छ जस्ता नारा लेखिएकाे प्लेकार्ड बाेकेर सहभागीहरुले बेलबारी बजार परिक्रमा गरेका थिए ।

बजार परिक्रमापछि बेलबारी नगरपालिकाकाे अगाडिकाे काेणसभालाई युवा जागरण अभियानका अध्यक्ष सुजितकुमार बस्नेत र धिमाल जातीय संस्थाका केदार धिमालले सम्बाेधन गरेका थिए ।