बेलबारीमा ३६ संक्रमित मध्ये १३ महिने वालकसहित २७ जनाले जिते कोरोनालाई

  • २ आश्विन २०७७, शुक्रबार

बेलबारीमा १३ महिने वालकले कोरोनालाई पराजित गरेका छन ।                            कन्ट्रयाक टेसिङ मार्फत उनको स्वाव संकलन गरेर भाद्र १८ गते बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको ल्यावमा लगिएको थियो ।
भाद्र ३० स्वाब संकलन गरेर पुन प्रतिष्ठानको ल्यावमा पठाइएको थियो त्यसको रिपोट आउदा उनलाई नेगेटिभ आएको छ । ति वालकसंँगै उनकै परिवारका एक अविभावकलाई समेत कोरोना संक्रमण भएको थियो । उनी कोरोना मुक्त भइसकेका छैनन् ।
यस्तै बेलबारीमा १ सक्रमित थपिएका छन । बिराटनगरमा बस्दै आएका बेलबारी ८ का एक पुरुषमा सक्रमण पुष्टि भएको कर्मचारी विश्वकर्माले बताए । ज्वरो आएपछि कोशि अस्पतालको ल्यावमा परिक्षण गराएका उनको पुष्टि भएको थियो ।
एक जना थपिएसंँगै बेलबारीमा सक्रमितको संख्या ३६ पुगेको छ । जसमा २७ जनाले कोरोनालाई पराजित गर्दै घर फर्की सकेका छन् भने २ जनाको मृत्यु भइसकेको छ । हाल ७ जना क्वारेन्टाइनमा छन् ।