उपचार खर्चको अभावमा छट्पटाउँदै बेलबारीका एक कलाकार, भन्छन् – ‘मलाई बचाइदिनुहाेस्’

  • १० आश्विन २०७७, शनिबार

केशु विरही, बेलबारी, माेरङ/ बाध्यबाधनको मधुर ध्वनि  मार्फत संकलन भएको धनराषिले ठाउँठाउँमा विद्यालय, क्यामपस, मठमन्दीरका भवन बनाउन तथा अक्षयकोषको स्थााृपनामा ठुलोओ योगदान गरेका क्यान्सर पिडित कलाकार अहिले आफ्नै जीवनरक्षाका लागि सहयोगको याचना गरिरहेका छन ।

बेलबारी नगरपालिका वडा नम्बर –९ तिनखुटिया टाेलका फुपा नामले चिनिने राघभ राजबंसी यति वेला रोगका कारण थलापरेका छन् । बाहिर भित्र गर्न समेत उनले परिवारकाे सहायता लिनु परेकाे छ । यतिधृरै सामाजिक काममा सहयाेग पुर्याउने तर अहिले राेगले थला परेपरेर उपचारसमेत गर्न नसक्ने अवस्थामा पुगेपछि उनी अाफन्त तथा शुभचिन्तकहरुसँग अाफ्नाे उपचारका लागि अार्थिक सहयाेग अासामा बसिरहेका छन् ।

राघभले विगत २० बर्ष देखि एकाहा तथा साप्ताहा पुराणमा ढोलक, मादल, तवला बजाएर भजन गाउने क्रममा देश र साजका लागि ठूलाे याेगदान दिएका छन् । उनकाे मधुर स्वरका कारण उठेकाे रकमबाट सडक निर्माण, क्यामपस भवन, विद्यालय भवन, अतिथि सदन, खेल मैदान जस्ता विकास निर्माणका काम भएका छन ।

सद्दे हुँदा उनले कुवेर सुवेदी, घनश्याम दाहाल, केवल कृष्ण अधिकारी, कृष्ण कोइराला, टहल किसोर जि महाराज तथा तारा घिमिरे लगायतजस्ता ख्यातिप्राप्त विद्वान विदुषीहरुको टोलीमा रहेर काम गरेका, अरुसामु कहिल्यै हात नफैलाउने राघभ यति बेला भने अरुसामु आफन‌ जीवन बाचाईदिन अरुसँग हातफैलाउन विवश छन ।

५५ बर्षीय राघभलाई अहिले कलेजोको क्यानसर भएकाे छ । कलेजाेकाे क्यान्सर भएर बिएन्सी अस्पताल बिर्तामोडमा उपचार गराईरहेका छन । विगत ७ महिना देखि नियमित रुपमा उपचार गराइरहेका राघभकाे उपचारमा ७ लाख भन्दा बढि खर्च भईसकेको छ । झन पछिल्लाे समय त उनलाई अाैषधिकै लागि मात्र ५ हजारभन्दा वढि खर्च हुन थालेकाे छ । सम्पत्तिका नाममा १२ धुर जग्गामा बनेकाे एउटा साधारण टिनकाे छानाले बनेकाे भुँईघर सिवाय केही छैन । ४ बहिनि छोरी, १ भाइ छोराका पिता राघभ अहिले अाश्रित जीवन जिउन विवस छन ।

दिनरात नभनी अाफ्ना श्रीमानकाे उपचारमा खटिरहेकाे उनकी श्रीमती अाफ्ना श्रीमानलाई बचाई दिन सवैसँग आग्रह गरीरहेकी छन ।

राघभसगै भजन गायनमा सक्रिय बेलबारीका बिक्रम बास्तोला राघभले हिजाे समाजमा ठूलाे सहयाेग पुर्याएकाे छ । त्याे याेगदान सम्झेरै उनलाई सहयाेग गर्नु पर्ने बताउँछन । उनी राघभकाे उपचारकाे व्यवस्था मिलाईदिन स्थानीयपालिकासँग अाग्रह गर्छन ।

एउटालाई पर्दा अर्काेले सहयाेग पुर्याउनु हाम्राे सामाजिक संस्कार हाे । याे परम्परा परापूर्वकालदेखि नै चल्दै अाएकाे छ । तर अहिले हिजाेकाे जस्ताे अवस्था छैन । अहिले त गाउँमै सरकार छ । अर्थिक अवस्था कमजाेर रहेका यस्ता व्यक्तिकाे उपचारकाे व्यवस्था अब राज्यले गर्नु पर्छ ।