गाउँगाउँ र घरघरमा खानेपानी योजना बिस्तार गर्दै बेलबारी नगरपालिका

  • १५ आश्विन २०७७, बिहीबार

घरघरमा शुद्ध पिउने पानी अाउने भए पछि बेलबारी ६ का स्थानीयहरु यतिखेर दङ्ग भएका छन् ।

बेलबारी नगरपालिका वार्ड नं ६ साेमबारे खानेपानी याेजना २०७३ सालमा सुरु भएपनि २०७५ सालबाट मात्र काम सुरु भएकाे हाे । तर विविध कारणले ढिलाइ भएकाे याे याेजना अहिले अाएर मात्र कामले सार्थक रुप लिएकाे अायाेजनाका सचिव टेकनाथ शर्मा बताउछन् ।

१ कराेड ४२ लाखकाे लागतकाे यस याेजनाकाे लगभग ९८ प्रतिशत काम सकिएकाे, अब केही दिनमै पानी वितरण गरिने सचिव शर्मा बताउछन् ।

खानेपानी काेश विकास समितिकाे लगानी र सामुदायिक समाज केन्द्र विराटनगरकाे प्राविधिक सहयाेग संचालन हुने, २५ हजार लिटर क्षमता रहेकाे यस याेजना साविककाे वाहुनी गाविसका २ र ३ वडाका स्थानीयले शुद्ध पिउने पानी पाउने बेलबारी नगरपालिका वार्ड नं ६ का अध्यक्ष उदय बहादुर राई बताउछन् । जनताकरलाई शुद्ध पानी पुर्याउने याेजनामा अाफूहरु लागिरहेकाे बेलबारी नगरपालिका वार्ड नं ६ का अध्यक्ष राई बताउछन् ।
घरघरमा शुद्ध पिउने पानी अाउने भएपछि ७३ वर्षीय स्थानीय टंककुमारी खड्का साह्रै खुसी भएकाे व्यक्त गरिन् ।