श्रीमान बिदेश हुँदा सुजाताले थालेको पशुपालन बन्यो राम्रो आम्दानी दिने ब्यबशाय

  • १४ आश्विन २०७७, बुधबार

केशु विरही, बेलबारी, माेरङ/ बेलबारी ६ यलम्बर टाेलकी सुजता खत्रीले एउटा गाईबाट सुरु गरेकाे पशुपालन व्यवसायले अहिले मनग्गे आम्दानी दिइरहेकाे छ‌ ।एउटा गाईबाट सुरु गरेकाे पशुपालन व्यवसायले उनलाई आम्दानी मात्र नभएर एउटा सफल कृषककाे परिचयसमेत दिलाएकाे छ ।

सुजता आफू मात्र याे पेसामा लागिनन् उनले १० वर्षसम्म विदेश बसेका आफ्ना श्रीमानलाई समेत घर फर्काएर यही व्यवसायमा लगाउन सफल भएकी छिन् । एउटा गाईबाट सुरु गरेकी सुजातासँग अहिले गाेठमा १५ माउ गाई रहेका छन् । उनले गाईकाे दुधबाट उनले मनग्गे आम्दानी लिईरहेकी छिन् ।

त्यसाे त उनकाे सक्षम कृषि फममा गाईका अतिरिक्त लाेकल कुखुरा, टर्की र बाेयर जातका बाेकासमेत रहेका छन । हाल उनकाे फममा ८ सय कुखुरा र त्यति नै सङ्ख्यामा टर्की छन् ।

पशुपाल तथा कृषि कर्ममा आफूहरुलाई वडा कार्यालयकाे सहयाेग रहेकाे सुजता बताउँछिन् । खत्री परिवारले आफूसँग भएकाे जमिनमा बहुवर्षे र सिजनल घाँसकाे खेतिसमेत गरिरहेका छन् । पशुपालन गरेरै आफूहरुले मासिक पचास हजारजति कमाइ गरेकाे उनीहरु बताउछन् ।  आफ्ना दाजुकाे प्रेरणाबाट याे पेसामा लागेकाे सुजाताले बताइन्  । उनका दाजुकाे वनिगाममा जयपति कृषि फम  छ । तर लकडाउनले गर्दा भने धेरै असर गरेकाे उन बताउछिन् ।

लामाे समय विदेश रहेका सन्देश खड्कालाई अहिले आफ्नै देशमा केही गर्न पाउँदा साह्रै खुसी लागेकाे छ । सुरुमा परम्परावादी शैलीमै गाई पालन गरे पनि पछिल्लाे समय भने आफूले आधुनिक तथा व्यवस्थित रुपमा गाईपालन गरेकाे बताउछन् ।

वैदेशिक राेजगारमा गएर कमाएकाे भन्दा आफ्नै परिवारसँग बसेर कमाएकाे रकमकाे बढी महत्व रहेकाे उनी बताउछन् ।

उनकाे कृषि फममा दुईजना मानिसले नियमित रुपमा राेजगार पाइरहेका छन् ।

सन्देशकी आमा पुन्यकला खत्री पनि छाेराले आफ्नै गाउँमा परिवारसँगै काम गरिरहेकामा खुसी छिन ।