धनकुटा नगरपालिकाद्वारा २५ लाख वरावरको भाडा छुट

  • २४ आश्विन २०७७, शनिबार

धनकुटा  नगरपालिकाले व्यापारीक भवनको करिव २५ लाख वरावरको भाडा छुट गरेको छ।        धनकुटा  उद्योग बाणिज्य संघले धनकुटा बसपार्कमा रहेको व्यापारिक भवनहरुको साढे पांँच महिना भन्दा बढीको घर भाडा छुट गरेको हो । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तमाङ्गलाई लगायत धनकुटा नगरपालिकालाई सम्मान गरेको छ ।
कोरोना भाईरसलाई नियन्त्रण गर्न सकारले लक डाउन लगाएको २०७६ चैत्र ११ गते देखी २०७७ भाद्र मसान्त सम्म गरी पाच महिना बिस दिनको धनकुटा बसपार्क क्षेत्रको व्यपारी भवनहरुको भाडा व्यापारी तथा व्यावसायका लागी धनकुटा नगरपालिकाले छुट गर्नु भएकोमा मेयर चिन्तन तामाङ्गलाई धनकुटा उद्योग बाणिज्य संघको तर्फबाट सम्मान गरेको हो ।
धनकुटा नगर प्रमुख तामाङ्गलाई धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ,वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्ग, उपाध्यक्ष निर्मला राई,महासचिव राम वहादुर गोङ्वा तामाङ्ग,कार्यकारी सदस्यहरु अम्विका धमला,सुनिता तामाङ्ग,कर्मचारी मुकेस राई लगायतले दोसल्ला खादा तथा टिका लगाई दिई सम्मान गर्नु भएको थियो ।
धनकुटा नगरपालिकाले धनकुटा बसपार्कमा रहेका व्यापारिक भवनहरुको पाच महिना विस दिनको १२ लाख रुपैया भन्दा बढीको भाडा र १२ लाख भन्दा बढीको हटिया,पार्किङ्ग लगायत ठेक्का लगाएको विभिन्न शिर्षकहरुको ठेक्कामा गरी थप १२ लाख गरी जम्मा २४ लाख भन्दा बढीको छुट दिएको धनकुटा नगरपालिका राजश्व शाखाका राजश्व अधिकृत राजु गुरागाईले वताउनु भयो ।
धनकुटा नगरपालिकाले व्यावाय करमा र घर वहालकरमा २५ प्रतिशत र व्यावसायीहरुबाट लिईदै आएको सरसफाई करमा समेत २० प्रतिशत छुट गरेको समेत धनकुटा नगरपालिका राजश्व शाखाका राजश्व अधिकृत राजु गुरागाईले वताउनु भयो ।
धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ्गले निजि क्षेत्रको सशक्त संगठनको रुपमा रहेको धनकुटाको विकास र समृद्धीको लागी धनकुटा बाणिज्य संघको कार्यक्रमहरुमा सहयोग गर्ने वताउनु भयो । भने धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विय सन्तोषी राईले भाडा छुट गरी व्यावासायीहरुलाई महत्वपूर्ण सहयोग गर्नु भएकोमा मेयर तामाङ्ग सहित धनकुटा नगरपालिका परिवारलाई धन्यवाद दिदै कर शिक्षा संचालन गर्न सहयोग गर्न आग्रह गर्नु भयो ।
धनकुटा जिल्लामा अहिले सम्म धनकुटा नगरपालिका लगायत ३ सय २४ जना मनकारी घरधनीहरु र धनकुटा अस्पताल, नेपाल पत्रकार महासंघ धनकुटा,नेपाल भूतपूर्व सैनिक संघ धनकुटा,श्री बिवेणी मावि धनकुटा,नेपाल निर्माण व्यावसायी संघ धनकुटा,समाज कल्याण संस्था धनकुटा ७ ले घर भाडा व्यापारी तथा व्यावायीहरुलाई छुट दिई महत्वपूर्ण सहयोग गरि विपतमा ठूलो गुन लगाएको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले वताउनु भयो ।