डिजिटल प्रबिधिबाट भौगोलिक नक्सांकन तथा सर्वे गर्दै बेलबारी नगरपालिका
- २७ आश्विन २०७७, मंगलवार
मोरङको बेलबारी नगपालिकाले मानवरहित हवाई यन्त्र (ड्रोन) मार्फत डिजिटल प्रणलिबाट भौगोलिक नक्सांकन तथा सर्वे गर्न थालेको छ ।
यस प्रकारको नक्साले नगरपालिकाको सहरी विकास योजना, विपद जोखिम व्यवस्थापन, घर नम्बर तथा स्ट्रिट ठेगाना (Street Address) निर्धारण, गुरुयोजना निर्माण, सडक स्तरीकरण, भौतिक पूर्वाधारको स्तरोन्नति, सडकको अवस्था, अतिक्रमित सरकारी जग्गाको तथ्यांक संकलन गर्न बलियो आधार निर्माण हुनेछ ।
नक्सांकन गर्न विभिन्न जीआइएस विज्ञ, ड्रोन पाइलट तथा सरकारी अधिकारीहरुलाई एकतावद्ध गरेर निश्चित उपलब्धि हासिल गर्ने लक्ष्य राखेको नगरप्रमुुुख ज्ञानेन्द्र सुवेदीले बताए । नक्सांकन तथा सर्वे सम्पन्न स्के भएपछि उच्च स्केलको नक्सा प्राप्ति गर्ने र उच्च रिजोलुसनको फोटोको आधारमा विस्तृत सहरी विकास योजना तथा विपद व्यवस्थापनमा सहयोग पुर्याउने नगरपालिकाले जनाएको छ ।
नगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रदिप शाहले वाढि पहिरो डुवान हुने क्षेत्रको अबस्था समेत ड्रोन मार्फत खिचिने र विपद ब्यबस्थापनका लागि पुर्व तयारी गर्न सहज हुने बताए । नगरपालिकाका ३० स्थानबाट सेटलाईट सँग जिपिएस कोडिनेट मार्फत कन्ट्रोल पोइन्ट स्थपना गरी सर्वेक्षण गर्न लागिएको नगरपालिकाले बताए ।
नगरपालिकाले बिज्ञहरुलाई यो काम गर्ने जिम्मा दिएको छ । बेलायतबाट सिभिलि इन्जीनियरिङ सकेर ट्रान्स्पोटमा मास्टर गरेका बिबेक सिंहले यो कामको जिम्मा लिएका छन । डिजि निर्माण इन्जीनियरिङ प्रा.लि. बिराटनगरका संचालक समेत रहेका सिंहले डिजिटलाइजेसनले नगरको सचित्र प्रोफाइल बन्न सक्ने बताएका छन । सर्वेक्षण सकिएपछि मोवाइल एप मार्फत हेर्न मिल्ने उनले बताए ।
नगरक्षेत्रको मुख्य बस्ती एवं सडकहरुको ड्रोनबाट सर्वेक्षण एवं नक्सांकनको कार्य सुभारम्भ भएको र यसबाट प्राप्त हुने सम्पूर्ण फोटो एवं भिडियो डाटाको गोपनीयता नगरपालिकाको नियन्त्रणमा हुने नगरपालिकाको कार्यालयले जनाएको छ ।
नगरपालिका क्षेत्र भित्रको पर्यटकिय स्थल, सडक, लगायत बिकास निर्माणका कामाको डिपिआर, डिजाईन गर्न समेत कार्यालयमै बसेर गर्न सकिने गरी निर्माण गर्न लागिएको जनाइएको छ ।
आफ्नो घर आँगन, खेत, बारी एवं अन्य क्षेत्रमाथि देखिने ड्रोन यन्त्रहरुलाई नगरपालिकाको बिकास निर्माण उडान भइरहेको रुपमा लिई सहजता अपनाउन सम्पूर्ण नगरबासीमा नगरपालिकाले अनुरोध गरेको छ । प्रदेश १ मै पहिलोपटक बेलबारीले (ड्रोन) मार्फत डिजिटल प्रणालीबाट भौगोलिक नक्सांकन तथा सर्वे गर्न थालेको बताइएको छ ।