अपाङ्ग ब्यक्तिहरुलाई बेलबारी नपाले दियो ह्वील चेयर र ब्यबशायिक सामग्री

  • ३० आश्विन २०७७, शुक्रबार

मोरङको बेलबारी नग।पालिकाले अपाङ्गता भएका ब्यक्तिहरुलाई घर घरमै पुगेर सहायक सामग्री ह्वील चेयर बितरण गरेको छ ।                          बिहिबार बेलबारी मेयर सवेदीले बेलबारी ८ का पदम बिष्ट र बेलबारी ३ का पदम श्रेष्ठलाई घरमै पुगेर ह्वील चेयर बितरण गरेका हुन ।
बिष्ट बेलबारी–८ को रणपाल आधारभूत विद्यालयमा शिक्षक हुन । उनले श्रीमती अस्मिता विष्टको साहरामा बिद्यलाय आउने जाने गर्दै आएका छन्  । एउटा पुरानो भइसेको ह्वील चेयर थियो,- पदमकी श्रमिती अस्मिताले भनिन अहिले नगर प्रमुख आफैले खोज्दै आएर दिनु भएको छ यसले ठुलो राहत भएको महसुस गरेकी छु ।
ह्वील चेयरमै बसेर विभिन्न काठका सामाग्रिहरु बनाउदै आएका बेलबारी ३ का ५४ वर्षीय श्रेष्ठलाई केहि समयम अघि नगर प्रमुख सुवेदीले घरमै पुगेर  ड्रिल मेसिन, भ्याक्सो मेसिन, प्लेञ्जो मेसिन लगायतका उपकरण दिएका थिए  । सुवेदीले हालै उनलाई ह्वील चेयर पनि दिएका छन् ।  उपकरण पाएपछि सामाग्रीहरु बनाउन थप सजिलो भएको उनले  बताए ।              उनले रोटीमेकर, ऐनाहरू, हातेपंखा, मदानी तराजु, मोवाइल स्टेन, लगायतका सामग्रीहरु बनाउने गरेका छन । उनि अपागता भएपनि आफनो परिवारको सहारा बनिरहेका छन ।
अपागता भएका ब्यक्तिहरुलाइ भित्र बाहिर गर्न सजिलो होस भनेर बितरण गरीएको नगर प्रमुख सुवेदीले बताए । आफनो नगर क्षेत्र भित्र अपागता भएका ब्यात्तिहरुलाई आवश्यकता अनुसार ह्वील चेयर तथा अन्य सहायक सामग्रीहरु बितरण गरीने नगर प्रमुख सुवेदीको भनाई छ ।