दुर्गम गाउँका लागि पुर्व सांसद सहित चार युवाले दिए एम्बुलेन्स, चौबिसेमा खुशीयाली

  • ४ कार्तिक २०७७, मंगलवार

संविधानसभा सदस्य हेमराज भण्डारीसहित चारजनाले चौबिसे गाउँपालिकालाई एम्बुलेन्स प्रदान गरेपछि स्थानीयमा खुसियाली छाएको हो। भण्डारीसहित चौबिसे–३ का पूर्ण लिम्बू, खोटाङका यादव राई र दोलखाका डिल्ली बराईलीले एम्बुलेन्स खरिद गरी गाउँपालिकालाई प्रदान गरेका हुन्।

धनकुटा जिल्ला सदरमुकामबाट एघार कोष टाढा रहेको कुरुले तेनुपालाई धनकुटाको कर्णाली भन्ने पनि गरिएको छ। स्थानीय लोकेन्द्र याक्खाले एम्बुलेन्स सञ्चालन हुनु धेरै खुशीको कुरा रहेको बताउँदै एम्बुुलेन्स सेवा सञ्चालनको क्रममा दुरुपयोग गर्न नहुने तर्फ सचेत हुनुपर्ने बताए।

कुरुले तेनुपा घर भएका हेमराज भण्डारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं धनकुटा इन्चार्ज समेत हुन् । कुरुले तेनुपाकै लिम्बू घरजग्गा ब्यबसायी हुुन्  । लिम्बु  राई र बराईली काठमाडौं बस्दै आएका छन् ।                      करिब ४२ लाख रुपैयाँ बराबरको एम्बुलेन्स सरकारले भन्सार छुट गरिदिएपछि उनीहरुले आफ्नै लगानीमा करिब १३ लाखमा खरिद गरेर गाउँपालिकालाई प्रदान गरेका हुन् । गाउँमा एम्बुलेन्स अभावमा धेरै बिरामीले सास्ती बेहोर्नु परिरहेकाले बिरामीलाई अस्पताल पुर्याउँन सहज होस् भन्ने उद्देश्यले एम्बुलेन्स प्रदान गरेको भण्डारीले बताए।

‘एम्बुलेन्स नहुँदा अहिले पनि गाउँका बिरामीहरुलाई झोलुङ्गोमा बोकेर अस्पताल लैजानुपर्ने बाध्यता छ,’ भण्डारीले भने, ‘यसरी सास्ती व्यहोरिरहेका नागरिकलाई हाम्रो सानो सहयोगले केही राहत पुग्ला भन्ने लागेर एम्बुलेन्स दिएका हौं।’

एम्बुलेन्स हस्तान्तरण गर्दै चौबिसे–३ का पूर्ण लिम्बूले केही वर्षअगाडि आफ्नो बुबा सामान्य बिरामी हुँदा उपचार नपाएर ज्यान गुमाउनु परेको स्मरण गरे। उनले त्यो अवस्था कसैको पनि नहोस् भनेर आफ्नो गाउँमा एम्बुलेन्स हस्तास्तरण गरिएको बताए। लिम्बूले बुबा बितेपछि धेरै दुःख पाएको भएपनि आफ्नो कमाइको केही रकम गाउँमा सेवा गरेको बताए। एम्बुलेन्स दाताहरु भण्डारी, लिम्बू, राई र बराईलीले अर्को बर्ष दोलखामा एम्बुलेन्स प्रदान गर्ने योजना बनाएका छन्। चार जना मिलेर एकले अर्कोको ठाउँमा एम्बुलेन्स प्रदान गर्न सहयोग गर्ने उनीहरुको योजना छ।

यता गाउँपालिकाले भने कार्यविधि निर्माण गरी गाउँबासीलाई सहुलियतमा एम्बुलेन्स सेवा उपलब्ध गराउने गाउँपालिका अध्यक्ष खजिन्द्र राईले बताए। गाउँपालिकाले बनाएको कार्यविधिमा चौबिसेबासीलाई २० प्रतिशत, सुत्केरी गराउन जाने महिलालाई ३५ प्रतिशत, ज्येष्ठ नागरिक र अपांगता भएकालाई १०÷१० छुट दिइने अध्यक्ष राईले बताए। एम्बुलेन्स भाडा बापत उठेको रकम गाउँपालिकाको राजस्वमा जम्मा हुने भएको छ।

धनकुटा चौबिसे गाउँपालिकाको दुुुर्गम गाउँका लागि पुुुर्व सांसद सहित केही युुुवाले एम्बुलेन्स दिएपछि कुरुलेतेनुपा र मुढेबासका नागरिकमा  खुसियाली छाएको छ ।

संविधानसभा सदस्य हेमराज भण्डारीसहित चारजनाले चौबिसे गाउँपालिकालाई एम्बुलेन्स प्रदान गरेपछि स्थानीयमा खुसियाली छाएको हो। भण्डारीसहित चौबिसे–३ का पूर्ण लिम्बू, खोटाङका यादव राई र दोलखाका डिल्ली बराईलीले एम्बुलेन्स खरिद गरी गाउँपालिकालाई प्रदान गरेका हुन्।

धनकुटा जिल्ला सदरमुकामबाट एघार कोष टाढा रहेको कुरुले तेनुपालाई धनकुटाको कर्णाली भन्ने पनि गरिएको छ। स्थानीय लोकेन्द्र याक्खाले एम्बुलेन्स सञ्चालन हुनु धेरै खुशीको कुरा रहेको बताउँदै एम्बुुलेन्स सेवा सञ्चालनको क्रममा दुरुपयोग गर्न नहुने तर्फ सचेत हुनुपर्ने बताए।

कुरुले तेनुपा घर भएका हेमराज भण्डारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं धनकुटा इन्चार्ज समेत हुन् । कुरुले तेनुपाकै लिम्बू घरजग्गा ब्यबसायी हुुन्  । लिम्बु  राई र बराईली काठमाडौं बस्दै आएका छन् ।

करिब ४२ लाख रुपैयाँ बराबरको एम्बुलेन्स सरकारले भन्सार छुट गरिदिएपछि उनीहरुले आफ्नै लगानीमा करिब १३ लाखमा खरिद गरेर गाउँपालिकालाई प्रदान गरेका हुन् । गाउँमा एम्बुलेन्स अभावमा धेरै बिरामीले सास्ती बेहोर्नु परिरहेकाले बिरामीलाई अस्पताल पुर्याउँन सहज होस् भन्ने उद्देश्यले एम्बुलेन्स प्रदान गरेको भण्डारीले बताए।

‘एम्बुलेन्स नहुँदा अहिले पनि गाउँका बिरामीहरुलाई झोलुङ्गोमा बोकेर अस्पताल लैजानुपर्ने बाध्यता छ,’ भण्डारीले भने, ‘यसरी सास्ती व्यहोरिरहेका नागरिकलाई हाम्रो सानो सहयोगले केही राहत पुग्ला भन्ने लागेर एम्बुलेन्स दिएका हौं।’

एम्बुलेन्स हस्तान्तरण गर्दै चौबिसे–३ का पूर्ण लिम्बूले केही वर्षअगाडि आफ्नो बुबा सामान्य बिरामी हुँदा उपचार नपाएर ज्यान गुमाउनु परेको स्मरण गरे। उनले त्यो अवस्था कसैको पनि नहोस् भनेर आफ्नो गाउँमा एम्बुलेन्स हस्तास्तरण गरिएको बताए। लिम्बूले बुबा बितेपछि धेरै दुःख पाएको भएपनि आफ्नो कमाइको केही रकम गाउँमा सेवा गरेको बताए ।

ब एम्बुलेन्स दाताहरु भण्डारी, लिम्बू, राई र बराईलीले अर्को बर्ष दोलखामा एम्बुलेन्स प्रदान गर्ने योजना बनाएका छन्। चार जना मिलेर एकले अर्कोको ठाउँमा एम्बुलेन्स प्रदान गर्न सहयोग गर्ने उनीहरुको योजना छ।

यता गाउँपालिकाले भने कार्यविधि निर्माण गरी गाउँबासीलाई सहुलियतमा एम्बुलेन्स सेवा उपलब्ध गराउने गाउँपालिका अध्यक्ष खजिन्द्र राईले बताए। गाउँपालिकाले बनाएको कार्यविधिमा चौबिसेबासीलाई २० प्रतिशत, सुत्केरी गराउन जाने महिलालाई ३५ प्रतिशत, ज्येष्ठ नागरिक र अपांगता भएकालाई १०/१० छुट दिइने अध्यक्ष राईले बताए। एम्बुलेन्स भाडा बापत उठेको रकम गाउँपालिकाको राजस्वमा जम्मा हुने भएको छ।