इटहरीमा अस्पतालको बोर्ड राखेर ठग्ने पोलिक्लिनिक बन्द, बेइमान पसलेहरुलाइ वार्निङ

  • १० कार्तिक २०७७, सोमबार

इटहरी उपमहानगरद्वारा इटहरी बजारका केहि मेडिकल तथा लविपुर, पकली र कान्छीचौक एरियामा रहेका किराना पसलहतुमा वजार अनुगमन गरी  म्याद नाघेका खाद्य सामग्री तथा औसधिहरु  वरामद गरिएको छ ।                                       उपभोक्ता हित संरक्षण समितिको संयोजक उपमेयर लक्ष्मी गौतमको नेतृत्वमा ८ वटा किराना पसल तथा केहि मेडिकलहरुमा अनुगमन गरिएको हो । समितिले चार वटा किराना पसलमा म्याद गुज्रिएका समान फेला पारेको  छ ।
मसला, तेल, सुजि, सस, वेसन, कोदोको पीठो, वेसार, फुडकलर, हर्लिक्स, चिया पत्ती आदिको   म्याद गुज्रिएको पाइएको उपभोक्ता हित संरक्षण शाखा प्रमुख नोवेल किशोर भट्टराईले जानकारी दिए ।                                                                   मूल्यसूची नराखेका,पसलको वोर्ड नराखेका,वर्षेनी नविकरण नगरेका पसलहरुलाई तीनिहरुको ब्यवस्था गर्न निर्देशन दिइएको छ । म्याद गुज्रिएका समान राख्ने छुटटै ठाँउको ब्यवस्था गर्न र म्याद गुज्रिएका समान भनेर लेखेर टास्न भनिएको छ ।

त्यसैगरी इटहरी उपमहानगरले गरेको वजार अनुगमनका क्रममा विराट पाथीभरा अस्पतालको वोर्ड राखेर संचालन गरिएको पोलिक्लिनिकमा तालावन्दी गरिएको छ ।
उपभोक्ता हित संरक्षण समिति संयोजक उपमेयर लक्ष्मी गौतमको नेतृत्वमा गरिएको अनुगमनका क्रममा कोशी पाथीभरा पोलिक्लिनकमा तालावन्दी गरिएको हो । दर्ता नगरी गैरकानुनी तरिकाले अस्पतालको रुपमा संचालन गरेको पाइएकाले तालावन्दी गरिएको उपमेयर गौतमले वताइन् । त्यहाँवाट म्याद गुज्रिएका औषधीहरु पनि वरामद गरिएको उपभोक्ता हित संरक्षण शाखा प्रमुख नोवल किशोर भटटराईले वताएह ।
अनुगमन समितिले इटहरी मेडिकल हल, शैलुङ मेडिकल हल, पञ्चकोशी हेल्थ सर्भिस सेण्टर प्रा ली, कलस फार्मेसी गरि ५ वटा फार्मेसी तथा मेडिकलहरु अनुगमन गरेकोमा केहि फार्मेसी तथा मेडिकलमा औषधी ब्यवस्था विभागमा दर्ता नगरिएका खादयपुरक सामग्री समेत वेच्न राखिएको  पाइएको औषधी ब्यवस्था विभागका प्रतिनिधि सरोज सुवेदीले वताए ।
मापदण्ड पूरा नगरेकाहरुलाई सुधार गर्न निर्देशन दिइएको उपमेयर गौतमले वताउनुभयो । इटहरीमा वजार अनुगमनलाई तिव्रता दिइएको छ । यसअघि पकली, कान्छिचौक र लविपूरका किराना पसलमा अनुगमन गरि म्याद गुज्रिएका समानहरु वरामद गरि नष्ट गरिएको थियो ।