यस्ता रैछन् धनकुटा उद्योग बाणिज्य संघले आठ महिनामा गरेका उदाहरणीय काम

  • १२ कार्तिक २०७७, बुधबार

धनकुटा उद्योग बाणिज्य संघले आठ महिनामा  कोरोना भाईरस विरुद्ध  १ सय ४ वटा कार्यक्रमहरु गरेको छ ।
धनकुटा उद्योग बाणिज्य संघले कोरोना भाईरस विरुद्धको अभियान अन्र्तगत प्रचारात्मक सेचना अभियानदेखि स्वास्थ्य समाग्री वितरण,इमिनिटी पावर बढाउने औषधीहरु वितरण, सामाजिक दुरी कायम गर्न सुरक्षा डिस्टेण्ड चिन्ह लगाउने अभियान, कर शिक्षा अभियान,बैक तथा वितिय संस्थाहरुबाट लिएको ऋणको ब्याज मिनाहा गर्न र किस्ता बुझाउने म्याद सार्न दबाब अभियान, राहत विरण अभियान, घर भाडा मिनाहा अभियान लगायत चैत्रदेखि कार्तिक पहिलो साता सम्म १ सय ४ वटा कार्यक्रमहरु सम्पन्न गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई र महासचिव राम वहादुर गोङ्वा तामाङ्गद्धारा जारी विज्ञप्तमा कोरोना भाईरस विरुद्ध अहिले सम्म विभिन्न अभियान अन्र्तगत १ सय ४ वटा कार्यक्रमहरु संचालन गरिएको उल्लेख छ ।
संघले चैत्र महिनाको पहिलो साता कोरोना भाईरसबाट बच्नका लागी प्रचारात्मक सचेतना अभियान अन्र्तगत कोरोना भाईरसबाट बच्नका लागी पर्चा वितरण, पोष्टर टास्ने, व्यानर राख्ने कार्य गरी कोरोना भाईरस विरुद्ध अभियान शुरु गरेको थियो ।
लक डाउन लाग्न अघि धनकुटा जिल्लाभरी नै चौक चोकमा धारा सहितको ड्रम तथा बाल्टिन राखेर हात धुने अभियान आदि मसचालन गरेको धनकुटा उद्योग बाणिज्य संघले लक डाउन लागेपछि चैत्र महिनाभरी फ्रन्ट लाईनमा खट्ने संचारकर्मी, प्रहरी, ट्राफिक प्रहरी, स्वास्थ्यकर्मी  तथा एर्म्बुलेन्स चालकहरुलाई स्वास्थ्य समाग्रीहरु वितरण गरेको  विज्ञप्तीमा जनाईएको छ ।
धनकुटा उद्योग बाणिज्य संघले घर भाडा मिनाहा अभियान अन्र्तगत अहिले सम्म ३ सय २६ जना घर धनीहरुले घर भाडा मिनाहा गरिसकेको  र धनकुटा नगरपालिका लगायत विभिन्न ७ वटा संघ संस्था तथा कार्यालयहरुले व्यापारिक भवन तथा सटहरुको भाडा मिनाहा गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
लक डाउनको कारण दैनिक उपभोग्य समाग्रीहरुमा देखिएको अभावलाई सहजिकरण गर्दै तरकारी तथा कुखुराको मासु घर घरमा नै पु¥याएर दैनिक शुपथ मुल्यमा विक्रिविरण गर्ने कार्य समेत गरेको धनकुटा उद्योग बाणिज्य संघका कोषाध्यक्ष रुपेश श्रेष्ठले वताउनुभ भयो ।
कोरोना भाईरसबाट बच्नका लागी स्वास्थ्य समाग्रीहरु वितरण अभियान अन्र्तगत निजि अस्पतालहरुलाई पि पि ई किट वितरण,जनसम्पर्क बढी हुने १५ वटा कार्यलयहरुलाई फेस सिल ,माक्स,सेनिटाईजर पञ्जा लगायतका स्वास्थ्य तथा सुरक्षित समाग्रीहरु वितरण गरेको समेत धनकुटा उद्योग बाणिज्य संघले जनाएको छ ।
धनकुटा उद्योग बाणिज्य संघले धनकुटाका संचालित मिडिया हाउसहरु, उद्योगहरु लगायत विभिन्न संघ संस्थाहरुलाई पनि स्वास्थ्य तथा सुरक्षित समाग्रीहरु वितरण गरेको थियो ।विश्रान्ती मन्दिरको बृद्ध आश्रममा रहनु भएका बुद्ध बुद्धाहरु र धनकुटाको उत्तर पानीको सुस्त श्रवण स्रोत कक्षाका विद्यार्थीहरुलाई स्वास्थ्य तथा सुरक्षित समाग्रीहरु प्रदान गरिएको छ ।
यसैगरी धनकुटा उद्योग बाणिज्य संघले सामाजिक दुरी कार्यम राख्नका लागी पसल पसल अगाडी डिस्टेण्ड चिन्ह लगाई दिने र व्यापारी ,व्यावसायीहरुलाई माक्स तथा सेनिटाईजर पञ्जा वितरण कार्यक्रम संचालन गरेको छ ।
बैक तथा वितिय संस्थाहरुलाई ऋणको व्याच मिनाहा र किस्ता बुझाउने म्याद सार्न माग गर्दै प्रधान मन्त्री,गर्भनरलाई ज्ञापन पत्र बुझाई जिल्ला प्रशासन र धनकुटाका बैक तथा वित्तिय संस्थाहरुमा धर्ना तथा घेराउ धनकुटा उद्योग बाणिज्य संघले गरको छ ।यसैगरी संघलेउद्योग तथा व्यावसाय फर्म दर्ता तथा नविकरण दस्तुरमा सयौ गुणा बृद्धी गरेकोमा घटाउन माग गर्दै प्रदेश मुख्य मन्त्रीलाई ज्ञापन पत्र पठाई प्रदेश सांसदहरुसं छलफल गरेको छ ।
धनकुटा उद्योग बाणिज्य संघले इमिनिटि पावर बढाउने औषधी वितरण अभियान अन्र्तगत गुर्जो लगायतका विभिन्न किसिमका इमिनिटि पावर बढाउने औषधी ३४ हजार ३ सय ९४ जनालाई वितरण गरेको र रहात समाग्रीहरु १ सय ५७ जनालाई वितरण गरेको समेत सो विज्ञप्तीमा उल्लेख गरिएको छ ।