नगरपालिकाको सहयोगपछि युरोपको भिसा त्यागेर ड्रागन खेतिमा लागे सापकोटा 

  • ९ मंसिर २०७७, मंगलवार

मोरङको बेलबारी ८ का तारा सापकोटा नर्वे जानका लागि तयारी अबस्थामा थिए । उनको भिसा समेत लागिसकेको थियो । उनलाई एजेन्टले १३ लाख रुपैया ठिक पारेर आउन भनेको थियो । एजेन्टले भनेअनुसार ऋण खाजेर पैसा ठिक्क पनि पारेको थिए ।तर नगरपालिकाले कृषिलाई पहिलो प्राथमिकता दिंँदै स्वरोजगार बनाउने बजेट बनाएको थाहा पाएपछि उनको मन बदलियो ।

शुरुमा नगर प्रमुख ज्ञानेन्द्र सुुुुवेदी र प्रमुख प्रशासकिय अधिकृतलाई भेटेर सापकोटाले दुई तिन कठ्ठा जमिनमा ड्रागन फुडको खेति गर्ने योजना सुनाए । दुवैजनाले हौसला दिदै १० कठ्ठा जमिनमा खेति गर्न सुझाव दिंँदै नगरपालिकाले सहयोग गर्ने बताए । त्यसपछि उनी थप उत्साहित भए । बैदेशिक रोजगारीमा जानका लागि तयार गरेको १३ लाख रुपैयांँ नै ड्रागन खेतिमा लगानी गर्दै सापकोटा ड्रागन खेति गर्ने बेलबारीका पहिला कृषक बने ।

कृषिलाई नै लक्षित गरेर नगरपालिकाले बिना धितो सहुलियत कर्जा बापत २ प्रतिशत ब्याजदरमा समुहमा खेति गर्नेहरुलाई ५ लाख ऋण समेत दिने कार्यक्रम अगाडि बढाएको छ । सोही कार्यक्रम अनुसार सापकोटा पनि लाभान्वित भएका छन् ।
कार्यक्रमका लागि नगरपालिकाले बेलबारीमा रहेका बैंकहरुसँग सहकार्य गरेको छ । जसवाट २० करोड रुपैयाँ भन्दा बढी  कृषकसम्म पुग्ने आंँकलन गरीएको छ ।
आईतवार बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले सापकोटाले सुरु गरेको ड्रागन फुडका विरुवा रोपेका छन् । ड्रागनका फुडका विरुवा रोप्दै मेयर सुवेदीले आफनै माटोमा पसिना बगाउंँछौं केहि गर्छौ भन्नेलाई सहयोग गर्न नगरपालिका तयार भएको बताए ।

नगरपालिकाले युवाहरुलाई नै उद्यमी बनाउने उदेश्यले गरिवसँग नगरपालिका कार्यक्रम समेत संचालन गरीरहेको छ ।

चालु आवमा पावर टिलर, मकै थ्रेसर, मिनि टिलर, ड्राईगन फुड, खेति तथा गोला सहितको माहुरीको घार बितरण गर्ने कार्यक्रम समेत अगाडि बढाइएको प्रमुख प्रशासकीय अधिकृत प्रदिप साहले बताए ।

नगरपालिकाले प्रत्येक वडाले ५ लाख मुल्य बराबरका फलफुलका बिरुवा कृषकलाई बितरण गर्ने गरी कार्यक्रम बनाएको छ ।  नगरपालिकाले यसअघि नै एक वडा एक उत्पादनको कार्यक्रम समेत अगाडि बढाएको छ ।