बेलबारी जेसिजद्वारा असहाय वृद्ध दम्पतिलाई घर हस्तान्तरण, घर पाउँदा वृद्धवृद्धा दङ्ग

  • २ पुष २०७७, बिहीबार

केशु विरही, बेलबारी, मोरङ / बेलबारी जेसिसद्वार बेलबारीका एक अशक्त वृद्ध दम्पतिलाई निर्माण गरेर घर हस्तान्तरण गरेकाे छ ।

बेलबारी नगरपालिका वार्ड नं १ नक्सलबारीका वृद्ध टेकबहादुर मगर नयाँ घर पाउँदा मख्ख देखिन्थे । उनले यसरी नयाँ घरमा बस्न पाइएला भन्ने दसमनमा एक मन पनि साेचेका थिएनन् । विगत साहाराविहिन रुपमा एउटा सानाे छाप्राेमा कष्टपूर्ण जीवन विताइरहेका मगर दम्पति यसरी घर बनाएर हस्तान्तरण गरेकाेमा जेसिसप्रति नतमस्तक देखिन्थे ।

घर त बन्याे अब खाने र बस्नेकाे सामान्य व्यवस्था भए हुनेथियाे भन्ने टेकबहादुरकी श्रीमती चन्द्रमायालाई लागेकाे छ ।

पैसा हुने मानिसहरूकाे समाजसेवाप्रतिकाे अाकर्षण नभइरहेकाे परिप्रेक्षमा पैसा नभर पनि अाफूहरूले यति ठूलाे काम गर्न सकेकाेमा बेलबारी जेसिसका अध्यक्ष राजेश खत्रीले खुसी व्यक्त गर्दै याे कार्यमा सहयाेग पुर्याउने सबैलाई धन्यवाद दिए ।

नयाँ घर पाएपछि बृद्ध तथा असाहय टेकबहादुर र चन्द्रमाया मगर दम्पत्तिको मुहारबाट बर्षौअघि हराएको हाँसो फेरि फर्किएको छ ।
भएका सन्तानको समेत मृत्यु भएपछि एक्लिएका मगर दम्पत्ति बर्षौअघि लेटाङबाट बेलबारी १ नक्सालबारीमा आएका थिए । शुरुमा बन समुहमा काम गरेर जिबिकोपार्जन गर्दै आएका टेकबहादुर केही बर्ष यता काम गर्न नसक्ने अबस्थामा पुगेका छन् भने चन्द्रमाया समेत अशत्त छिन् ।

छिमेकी र शुभचिन्तकहरुले दिएको खानेकुराबाट जिबिकोपार्जन गर्दै आएका उनीहरु एउटा सानो टहरोमा बस्दै आएका थिए । बेलबारी जेसिजले सो टहरोलाई घरमा परिणत गरिदिएपछि बृद्धा दम्पत्तिमा खुसी फर्किएको छ ।

आफन्तसमेत नरहेका विगत लामाे समय देखि सहाराविहिन रुपमा रहेका मगर दम्पतिलाई घर बनाएर दिने बेलबारी जेसिसकाे काम स्वागयाेग्य, अनुकरणीय र उदाहरणीय रहेकाे स्थानीयहरू बताउँछन् ।

युवाहरूकाे नेतृत्व र व्यक्तित्व विकासकाे क्षेत्रमा काम गरिरहेकाे बेलबारी जेसिसले कार्य सम्पादनका अाधारमा १ सय ५१ अाैँ शाखामध्येबाट उत्कृष्ठ शाखाकाे रुपमा पुरस्कृत भएकाे छ ।
घर हस्तान्तरण कार्यक्रमकाे प्रमुख अतिथि रहेकाे प्रदेश सांसद लाेकप्रसाद सङ्ग्राैलाले यतिधेरै राज्षकाेष खर्च हुँदासमेत विकासकाे अनुभूति हुन नसकिरहेकाे अवस्थामा बेलबारी जेसिसले यति चाँडै घर बनाएर वृद्धवृद्धालाई हस्तान्तरण गर्न सफल भएकाेमा खुसी व्यक्त गर्दै भ्रष्टाचारकाे चङ्गुलमा फसेकाे सरकार र राज्यले जेसिसबाट सिक्नुपर्ने बताए ।

कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप साह, वडा नं १ का अध्यक्ष चक्र खुलाल, नेकपाका जिल्ला सदस्य प्रताप थापा, नेकाका नेता महेन्द्र सुवेदी लगायतले पनि मन्तव्य राखेका थिए ।