धनकुटामा नेकपा फुटको भरपुर फाइदा उठाउँदै कांग्रेस

  • १४ पुष २०७७, मंगलवार

धनकुटाको पाख्रिवासमा आयोजित नेपाली कांग्रेसको  समायोजन तथा क्रियाशिल सदस्यता वितरण कार्यक्रममा अरु पार्टीका निकैजना नेता तथा कार्यकर्ताहरु कांग्रेस बनेका  छन् ।

कार्यक्रमा राप्रपा, नेकपा र जनता समाजवादी पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । नव प्रवेसीहरुलाइ पुर्व मन्त्री तथा पार्टीका सहमहामन्त्री सुनिल वहादुर थापा, केन्द्रिय आमन्त्रित सदस्य मनोहर नारायण श्रेष्ठ,  प्रदेश सभा सदस्य लिला सुब्बा, पार्टीका जिल्ला सचिव विजय सन्तोषी राई, कोषाध्यक्ष दिनेश राई, जिल्ला सदस्य ज्ञानु गुरुङ्ग, पाख्रिवासका कार्यवहाक सभापति प्रेम भण्डारी लगायतका नेताहरुले टिका माला, खादा लगाई स्वागत गरेका थिए  ।

नेपाली कांग्रेस धनकुटाका सभापति अग्नी प्रसाद पौडेलको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रममा संविधान सभा सदस्य अञ्जना ताम्ली, नेपाली कांग्रेस केन्द्रिय आदिवासी जनजाती समन्वय समितिका केन्द्रिय सदस्य आनन्द सन्तोषी राई, उपसभापति नविन किशोर शाक्य, सचिव विजय सन्तोषी राई, कोषाध्यक्ष दिनेश राई,जिल्ला सदस्यहरु कमोट फागु, ज्ञानु गुरुङ्ग, जयन्द्र घिसिङ्ग, प्रदेश सभा निर्वाचन क्षेत्रिय सभापति इन्दिरा थापा, पाख्रिवास नगर कार्यवहाक सभापति प्रेम भण्डारी, नेपाल महिलमा संघ धनकुटाका उपाध्यक्ष अम्विका धमला ,नेपाली कांग्रेसका यूवा नेता कृष्ण थापा लगायतले नेकपाको सरकारले असबैधानिक ढंगले संसद विघटन गरेको भन्द्र यसको सवैले प्रतिरोध गर्नु पर्ने बताए ।

नेकपा तथा जनता समाजवादी पार्टी परित्याग गरी  नेपाली कांग्रेस प्रवेश  गर्नेहरुमा निमा तामाङ्ग, रण वहादुर राउत, विर्ख वहादुर तामाग, बिनोद तामाङ, दिपक खड्का, लाल वहादुर थापा, रुपेश राई, अजय राई, गणेश गिरि, नर वहादुर गिरी, रञ्जीत राई, नर वहादुर गिरि, कुमारी भुजेल, देवि विक, गणेश गिरि, तिलक पुयाल, कमला भुजेल, बिष्ण सुवेदी, कृष्ण वहादुर राई, युद्ध राई, प्रविण राई लगायत ३४ जना रहेको नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले वताए ।

यसैगरी राप्रपा परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरी समायोजन हुनेहरुमा कृष्ण थापा, निलम थापा,, गोपाल थापा, रमेश भण्डारी, लोक वहादुर मगर, मिन कुमार राई, बलाराम थापा, गोपाल राई, अशोक राई, देव कुमार राई, बिक्रम राई, पूर्ण राई, सन्जिव राई, कृष्ण राई लगायत ३ सय ३७ जना छन् । उनीहरूलाइ प्रमुख अथिति लगायत सवै अथितिहरुले खादा लगाई पार्टीमा स्वागत गरेेेका थिए ।

कार्यक्रममा द्धन्द्धको समयमा बेपत्ता हुनु भएका उत्तम कुमार न्यौपानेकी धर्मपत्नी पदम कुमारी न्यौपानेलाई सम्मान पनि गरिएको थियो ।