बेलबारी ६ मा बन्यो ‘सेल्फी पुल’, फोटो खिच्नेहरुको घुइँचो

  • २ माघ २०७७, शुक्रबार

बेलबारी नगरपालिकाको वडा नं. ६ धैति खोलामा सेल्फी पुलको उद्घाटन गरीएको छ ।                                           आइतबार बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले एक कार्यक्रम बिच उक्त पुलको उद्घाटन गरेका हुन् ।
मेयर सुवेदीले रिविन काटेर र नव निर्मित पुलमा आफै गाडी चलाएर पुलको उद्घाटन गरेका हुन् । ५ लाख ९७ हजार ८ सय ९१ म निर्माण सम्पन्न पुलमा बेलबारी नगरपालिकाले रु.५ लाख ३० हजार सहयोग गरेको थियो भने ६७ हजार ८ सय ९१ बरबरको स्थानीययको जनसहभागिता रहेको थियो ।             पुल नहुदाँ ज्यानै जोखिममा पारेर हिडनु पथ्र्यो स्थानिय इन्द्रकुमार मगरले भने काठको पुल भतकीएर हिड्न सकिदैन थियो ।
पुलको उद्घाटन गर्दै मेयर सुवेदीले दुर्गम वडाहरूलाई उच्च प्राथमिकता राखेको बताए । उनले पुर्वधार बिकास सगै आधारभुत तहका जनताका लागि नगरपालिकाले बिशेष कार्यक्रमहरु संचालन गरीरहेको बताए । उनले स्थानीयको आर्थिक स्तर उन्नतिको लागि बिना धितो २ प्रतिशत ब्याजमा सहुलियत ऋण प्रदान तथा गरीबसँग नगरपालिका जस्ता महत्वपुर्ण कार्यक्रम संचालन गरेको बताए ।
पुल निर्माण हुँदा स्थानीयलाई आवतजावतको लागि सहज भएको छ । पुल निर्माण भएपछि स्थानियले उत्त पुलको नाम सेल्फी पुल राखेका छन् । थोरै लगानीमा आकर्षित पुल बनेपछि युवा युवतिहरु सेल्फी फोटो खिच्न आउने गरेकोले सेल्फी पुल नामाकरण गरीएको स्थानिय मनोज राईले बताए ।
केहि समय अघि मात्रै उक्त खोलामा नै १३ लाखमा पुल बनेपछि राष्ट्रीय स्तरमै चर्चा आएको थियो । पुल बनेपछि छिमेकी रंगेली नगरपालिकाका जनतालाई समेत राहत पुगेको वडा अध्यक्ष उदय बहादुर राईले बताए ।