पत्रकार कल्याण कोषका लागि धनकुटामा थालियो ‘एक रुपैयांँदेखि दश लाख’ अभियान
- १६ माघ २०७७, शुक्रबार
विरामी पर्दा वा आपत विपत र जोखिमा परेको समयमा सहयोग गर्न पत्रकार कल्याण कोष स्थापना गर्ने उदेश्यले धनकुटाको पत्रकारहरुले एक रुपैयांँदेखि दश लाख अभियान संचालन गर्ने निर्णय गरेका छन् ।
नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठको अध्यक्षतमा सम्पन्न भएको बैठकले धनकुटाका पत्रकारहरुलाई विरामी पर्दा वा आपत विपत र जोखिमा परेको समयमा सहयोग गर्ने उदेश्यले पत्रकार कल्याण कोष स्थापना गरिएको हो ।
पत्रकार कल्याण कोषमा पांँच बर्ष भित्र एक रुपैयाँदेखि दश लाख रुपैया जम्मा गर्ने निर्णय गरको सचिव विदुर खवासले जानकारी दिए ।
सो अवसरमा नेपाल पत्रकार महासंघ धनकुटाका पूर्व अध्यक्ष तथा नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष विजय सन्तोषी राई, सल्लाहकार भेषराज कट्टेेल,
नेपाल पत्रकार महासंघ धनकुटाका उपाध्यक्ष नगेन्द्र राई, सचिव विदुर खवास, सहसचिव द्धय हरी वहादुर लम्जेल, बलराम दाहाल, कोषाध्यक्ष नारायण कुमार राई, कार्यकारी सदस्यहरु विकास घिमिरे, दिल वहादुर आषिस राई, सर्मिला राई, माया राउत,कविराज घिमिरे लगायतले पत्रकार कल्याण कोषमा सहयोग गर्न सवैलाई आग्रह गरेका छन् ।
नेपाल पत्रकार महासंघ धनकुटाको सो बैठकले पत्रकार कल्याण कोषको नियमावली पास गरेको र शाखाको साधारण सभा आगामी माघ २० गते गर्ने पत्रकारहरुलाई विभिन्न पुररस्कारहरु प्रदान गर्ने र भवन निर्माणमा महत्वपूर्ण सहयोग गर्नेहरुलाई सम्मान गर्ने निर्णय गरेको सचिव विदुर खवासले वताए ।