सिधुवा, पाख्रीवास, हिले र धनकुटाका तीन सय बढीले गरे नाप तौल दर्ता तथा नविकरण

  • २५ माघ २०७७, आईतवार

धनकुटाको पाख्रिवास, सिधुवा, हिले र धनकुटा बजारमा नाप तौलको निरिक्षण तथा चेक जाँच, नविकरण तथा दर्ता अभियान सम्पन्न भएको छ ।

धनकटाका उद्योगी व्यापारी तथा व्यावसायीहरुलाई सहजता प्रदान गर्न धनकुटा उद्योग बाणिज्य संघको आयोजना र गुणस्तर तथा नाप तौल कार्यालय विराटनगरको सहयोगमा संचालन गरिएको नाप तौल नविरकण तथा दर्ता र सचेतना कार्यक्रम सम्पन्न भएका हुन् ।

पाख्रिवास बजार, हिले बजार, सिधुवा बजार र धनकुटा बजारमा गरी तिन दिनसम्म संचालन भएको नाप तौल डोर मुकाम कार्यक्रम अन्र्तगत चार सय ५२ जनालाई नाप तौल सम्वन्धि शिक्षा दिएको र तिन सय ९ जना व्यावसायीहरुले नाप तौलको नविकरण तथा दर्ता गरेको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले वताए ।

गुणस्तर तथा नाप तौल बिभाग विराटनगरका निरिक्षक संजिव कुमार ठाकुर, सहायक निरिक्षकहरु टेक वहादुर थापा, प्रमोद कुमार यादव र कर्मचारी जितेन्द्र चौधरीले व्यापारी, ब्यबशायी तथा उद्योगीहरुका नापतौल गर्ने सामग्रीहरु प्रत्यक्ष निरिक्षण तथा चेक जाँच गरी दर्ता तथा नवीकरण गराएका थिए ।

आइतबार धनकटाको पाख्रिवास बजारमा भएको नाप तौल सम्वन्धि डोर मुकाम कार्यक्रममा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, कोषाध्यक्ष रुपेश श्रेष्ठ, कार्यकारी सदस्य देव वहादुर गहतराज, उज्वल कर्माचार्य, उद्योग बाणिज्य संघ पाख्रिवास शाखाका अध्यक्ष केशव राई, जिल्ला समन्वय समितिका सदस्य डागम कुमार राई, पूर्व वडाध्यक्ष भक्त वहादुर गुरुङ्ग लगायतले नाप तौल दर्ताको बारेमा सहजीकरण गरेका थिए ।

धनकुटाको हिले बजारमा भएको डोर मुकाम कार्यक्रममा संघका अध्यक्ष विजय सन्तोषी राई, निर्वतमान अध्यक्ष उमेश घिमिरे, पूर्व अध्यक्ष लालचन्द्र गोङ्वा, पूर्व उपाध्यक्ष रुकमान तामाङ्ग, उपाध्यक्ष खगेन्द्र विष्ट, कोषाध्यक्ष रुपेश श्रेष्ठ,कार्यकारी सदस्यहरु डिजेश शाक्य,राम घिसिङ्ग, नगेन्द्र काफ्ले, समाजसेवी शमशेर गोङ्वा लगायतले नाप तौल दर्ताको बारेमा सहजीकरण गरेका थिए ।

यसैगरी धनकुटाको छथरजोरपाटीको सिधुवा बजारमा भएको डोर मुकाम कार्यक्रममा पनि संघका अध्यक्ष राई ,कोषाध्यक्ष रुपेश श्रेष्ठ, कार्यकारी सदस्यहरु नविन श्रेष्ठ, महेन्द्र थापा, उज्वल कर्माचार्य, उद्योग बाणिज्य संघ छथर जोरपाटी शाखाका अध्यक्ष शिव श्रेष्ठ, सचिव दिवस खड्का लगायतले नाप तौल दर्ताको बारेमा सहजीकरण गरेका थिए ।

त्यसैगरी धनकुटा बजारमा भएको डोर मुकाम कार्यक्रमा संघका अध्यक्ष राई, कोषाध्यक्ष श्रेष्ठ, कार्यकारी सदस्यहरु रेजिना पलिखे, अम्विका धमला, उज्वल कर्माचार्य, रिदम श्रेष्ठ, नेपाल सुन चाँदी कला व्यावासायी संघ धनकुटाका अध्यक्ष शंकर ल्वागुन, कोषाध्यक्ष मनोज ल्वागुन, सहसचिव शिखर श्रेष्ठ, धनकुटा उद्योग बाणिज्य संघका कार्यालय सचिव सिचन प्रधान, कर्मचारीहरु मुकेश राई, मनिस श्रेष्ठ, नवराज श्रेष्ठ लगायतले नाप तौल दर्ता तथा नविकरणको प्रक्रियाको वारेमा व्यावसायीहरुलाई सहजकीरण गरेका थिए ।

तीन दिन अघि धनकुटामा भएको नाप तौल सम्वन्धि डोर मुकाम कार्यक्रआ धनकुटाका १ सय ६ जना व्यापारी तथा ब्यबशायीले ढक तराजु दर्ता तथा नवीकरण गराएका थिए ।