कार्यक्षेत्र बिस्तार गर्दै दिल्ली पब्लिक स्कुल, बेलबारीसम्म चल्नेभो स्कुल बस

  • ३० माघ २०७७, शुक्रबार

दिल्ली पब्लिक स्कुल, बिराटनगरले मोरङको बेलबारीसम्म स्कुल बस सञ्चालन गर्ने भएको छ ।

अभिभावकहरुको चासो र माग बमोजिम स्कुलले यसै बर्षको सरस्वती पुजापछि बेलबारीसम्म स्कुल बस संचालन गर्न लागेको हो ।
बिहीबार बेलबारी स्थित ड्रिमल्याण्ड फन मा दिल्ली पब्लिक स्कुलले पत्रकार भेटघाट कार्यक्रम समेत गरेको छ । सोही अबसरमा दिल्ली पब्लिक स्कुल, बिराटनगरका एस एल सी नेपाल बोर्ड इन्चार्ज परशुराम घिमिरेले स्कुलले सरस्वती पुजाको दिन नयाँ बिद्यार्थीहरुलाई निशुल्क भर्ना लिइने जानकारी दिएका छन् । हाल बिराटनगर बाहिर इनरुवा, झुम्का, इटहरी, तरहरा, गोठगाउँ लगायतका स्थानसम्म विद्यार्थीका लागि छुट्टाछुट्टै बसको ब्यबस्था छ । अब बेलबारी र आवश्यक परेमा पुर्वसम्म पनि स्कुल बस संचालन गर्न लागिएको घिमिरेले बताए ।

कतिपयलाई दिल्ली पब्लिक स्कुल ज्यादै महँगो छ, मासिक बीस पच्चीस हजार लाग्छ भन्ने भ्रम रहेको भन्दै घिमिरेले स्कुलमा तह अनुसार ६ हजारदेखि ८ हजारसम्म मात्र मासिक शुल्क लाग्ने बताए । दिल्ली पब्लिक स्कुलमा एकपटक एड्मिसन गरेपछि बर्सेनि एड्मिसन फी लाग्दैन । यस स्कुलमा भर्नाका लागि निकै प्रतिस्पर्धा हुने गरेपनि स्कुलले कोटा प्रणालीबाट सिमित विद्यार्थीलाई मात्रै भर्ना लिने गरेको बताइन्छ ।

होस्टेलको समेत ब्यबस्था भएको स्कुलमा काठमाण्डौं लगायत नेपालका विभिन्न ठाउँका विद्यार्थीहरु समेत अध्ययनरत छन् । पठनपाठनमा विद्यार्थीको अंकभन्दा पनि अतिरिक्त क्रियाकलाप, सीप र संस्कारमा जोड दिने गरिएकोले यो स्कुल अरुभन्दा फरक रहेको स्कुलले दाबी गरेको छ ।

आफ्नी छोरीलाई यस अघिदेखि नै दिल्ली पब्लिक स्कुलमा एड्मिसन गराएका बेलबारीका बिजय सुवेदीले पनि डिपीएस अरुभन्दा स्तरीय र भिन्न रहेकोेले आफुले सोही स्कुल रोजेको बताए ।

नेपाल गुरुकुल सोसाइटीले बिगत १३ बर्षदेखि सन्चालन गरेको स्कुलमा एस एल सी नेपाल र सी बी एस सी गरी दुइवटा बोर्ड छन् ।
कुल ७ बिघा क्षेत्रफलको जग्गामा आफ्नै सुबिधा सम्पन्न भवनहरु रहेको स्कुलमा प्ले ग्रुपदेखि कक्षा १२ सम्म पठनपाठन हुने गरेको छ ।  स्कुलमा तल्लो तहका लागि पनि डिप्लोमा गरेका शिक्षक शिक्षिका मात्रै छन् । स्कुलमा  हाल ६ सयभन्दा बढी विद्यार्थी छन् ।  – अम्बिका भण्डारी