वडा वडामा भुमीहीनहरुको लगत संकलन गराउँदै बेलबारी नगरपालिका

कर्मचारी ब्यबस्थापनसँगै सुकुम्बासी आयोगको कार्यालय पनि उद्घाटन

  • ५ फाल्गुन २०७७, बुधबार

बेलबारी नगरपालिकाले सकुम्वासी समस्या समाधान आयोगका कर्मचारीहरुको ब्यबस्थापन तथा कार्यालय स्थापना गर्ने काम सम्पन्न गरेको छ ।

भुमिहिन तथा  सकुम्बासी एवम्  अब्यस्थित बसोवासीहरुलाई जग्गा धनिपुर्जा बितरण गर्नका लागि नगरपालिकाले सो सम्बन्धि प्रक्रिया तीब्र पारेको हो । बेलबारीमा ६ हजार ६१ घरधुरीलाई जग्गाधनीपुर्जा बितरण गर्ने प्रस्तावित बिवरण तयार गरेको नगरपालिकाले पुरानो बेलबारीमा सकुमवासी समस्या समाधान आयोगको कार्यालय समेत स्थापना गरेको छ ।

वडा वडामा गएर लगत संकलन गराउन नगरपालिकाले जनप्रतिनिधि तथा कर्मचारीहरुलाई अभिमुखीकरण समेत गराइसकेको छ ।

नगर प्रमुख ज्ञानेन्द्र सवेदीले बेलबारी जहिले पनि पहिलो हुने गरेको र जग्गा धनीपुर्जा बितरण गर्ने काममा समेत बेलबारी पहिलो हुने बताए । अहिलेसम्म कुनै पनि काममा बेलबारी दोस्रो नभएको दाबी गर्दै नगर प्रमुख सुबेदीले जनताको हितका लागि अब पनि पहिलो हुने बताए ।

जनप्रतिनिधि तथा कर्मचारीहरुलाई वडा वडामा गएर लगत संकलन गर्नु अगाडि नगरपालिकाले गरेको अभिमुखीकरण कार्यक्रममा आयोगका प्रदेश १ का संयोजक गोपाल गुरागाईं पनि उपस्थित थिए । उनले पनि बेलबारीबाट नै शुरुमा पुर्जा बितरण गर्ने लक्ष्य लिएकोले सोहि अनुसार काम हुनेमा आफु बिस्वस्त रहेको बताए । आयोगका जिल्ला अध्यक्ष डिपि राईले स्थानियतहका जनप्रतिनिधिहरुको भुमिका महत्वपुर्ण हुने बताए ।

 तथ्यांक संकलनको काम शुरु           बेलबारीमा भुमिहिन दलित भुमिहिन सकुम्वासि र अब्यबस्थित बसोबास बिबरण तथ्याक संकलकको इकाई कार्यालयको उद्घाटन गरीएको छ । एक कार्यक्रमका विच नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले कार्यालयको उद्घाटन गरेका हुन्  । कार्यालयको उद्घाटन गर्दै नगर प्रमुख सुवेदीले बुधबारदेखि  टोल टोलमा गएर तथ्याक संकलन गर्न कर्मचारीहरु आउने भएकाले सहि बिबरण टिपाउन आग्रह गरेका छन्  ।  यस कार्यमा सहयोग गर्न नगरपालिकाले जनप्रतिनिधि, राजनितक दल, संघसंस्था तथा कर्मचारीहरुलाई आग्रह समेत गरेको छ ।

फारम भर्दा घरमूली र श्रीमान् वा श्रीमती दुवै जनाको हालसालै खिचिएको फोटो, परिवारको सबै सदस्यहरूको नागरिकता, नाबालक भएमा जन्मदर्ताको प्रमाणपत्र, पालिका र वडामा बसोबास गरिरहेको प्रमाणका रूपमा मतदाता–परिचयपत्र, विजुलीको रसिद, खानेपानीको रसिद वा वडा कार्यालयले दिएको सिफारिसपत्र आदि आवश्यक पर्नेेेछ । साथै  कम्तिमा १० वर्षदेखि स्थायी रुपमा बसोबास गरिरहेको प्रमाण, अव्यवस्थित  बसोबासीले आफ्नो वा परिवारको सदस्यको नाममा अरू तिर नम्बरी जमिन भए नम्बरी जग्गाको प्रमाणपुर्जाको फोटोकपीआदि पेस गर्नुपर्ने नगरपालिकाले जनाएको छ ।