छोरी बुहारीहरुलाई लोकसेवा पढाउँदै बेलबारी नगरपालिका

  • २० फाल्गुन २०७७, बिहीबार

मोरङको बेलबारी नगरपालिकाले छोरी बुहारीलाई लक्षित गरेर लोकसेवाको तयारी कक्षा संचालन गरेको छ ।

५० जना भन्दा बढी छोरी बुहारीहरुलाई १ महिनासम्म कक्षा नै संचालन गरेर पढाउने नगरपालिकाको कार्यालयले जनाएको छ ।

महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले लोकसेवा कक्षा संचालन गरिएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए । ५० जनाको संख्यामा आवेदन खुलाएर कक्षा संचालन भएपनि तयारी कक्षामा त्यो भन्दा वढी सहभागी भएका छन्  ।

न्यू भिजन इटहरीको प्राविधिक सहयोगमा लोकसेवाको कक्षा संचालन गरिएको नगरपालिकाले जनाएको छ । गत बर्ष समेत नगरपालिकाले कक्षा संचालन गरेको थियो ।

लोकसेवाको तयारी कक्षा संचालन गरीरहेका बिद्यार्थीहरुलाई ठुलो सहयोग पुग्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप शाहले बताए । तालिमबाट छोरी बुहारीहरु आत्मनिर्भर हुने र निजामती क्षेत्रमा महिलाको उपस्थिति बढ्ने विश्वास लिइएको नगरपालिकाले जनाएको छ ।