केराबारीमा नि:शुल्क आँखा शिविर, ३ सय २४ जनाको जाँच, २७ जनाले गराए अप्रेसन

  • २६ फाल्गुन २०७७, बुधबार

‍मोरङसुनसरी सेवा समाज नेपाल र खदम हिल बचत तथा ऋण सहकारी संस्था लि. केराबारीको संयुक्त आयोजनामा मोरङ  केराबारीमा नि:शुल्क आँखा शिविर सम्पन्न भएको छ ।

रामलाल आँखा अस्पताल बिराटनगर तथा तिलगंगा आँखा अस्पताल काठमाडौंको प्राबिधिक सहयोगमा भएको शिविरमा ३ सय २४ जनाको आँखा जाँच गरिएको थियो । जसमध्ये ४३ जनामा
मोतिबिन्दु देखिएको र २७ जनाले  रामलाल आँखा अस्पताल बिराटनगरबाट मोतियाबिन्दुको नि:शुल्क अप्रेसनको सेवा लिएको नि:शुल्क आँखा शिविर आयोजक समिति संयोजक
गोकुल थापाले जानकारी दिनुभयो ।
शिविरका लागि केराबारी गाउँ पालिकाले आर्थिक सहयोग गरेको थियो । शिविरमा मोतियाबिन्दु लगायत आँखाको अप्रेसन गर्नुपर्ने बिरामीको लागि रामलाल आँखा अस्पतालले यातायात, अप्रेसन तथा उपचार र औसधि समेत नि:शुल्क गरेको थियो ।