९० वर्ष माथिका ज्येष्ठ नागरिकलाई सुन्दरहरैंचा नगरपालिकाले दिनेभो मासिक १ हजार

  • १ चैत्र २०७७, आईतवार

‍सुन्दरहरैंचा नगरपालिकाले ९० वर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई मासिक १ हजार रुपैयाँ भत्ता दिने भएको छ ।

‘ज्येष्ठ अभिभावक सम्मान’ कार्यक्रम अन्तर्गत नगरपालिकाले मासिक १ हजार रुपैयाँ भत्ता दिने भएको हो । हालै सम्पन्न नगरसभाले सो निर्णय पारित गरेको छ । ज्येष्ठ नागरिकले यही फागुन महिनादेखि सो भत्ता पाउने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले जेष्ठ नागरिकका लागि हरेक वडामा ज्येष्ठ नागरिक चौतारी निर्माण गरी वाद्यवादनका सामग्री तथा आध्यात्मिक पुस्तकको ब्यबस्था गरेको छ ।

त्यसैगरी ज्येष्ठ नागरिक सम्मान, तीर्थ भ्रमण, लठ्ठी बितरण, असल छोरा बुहारीलाई सम्मान जस्ता कार्यक्रम पनि शुरु गरिएको नगरपमुख ढकालले जानकारी दिए ।