एमाले निकट राष्ट्रिय शिक्षक संगठन मोरङ विभाजित, असन्तुष्ट पक्षले पनि बनाए समिति

  • २२ चैत्र २०७७, आईतवार

‍ मोरङमा नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठन विभाजित भएको छ ।

शुक्रबार सुन्दरहरैंचाको बागझोडास्थित सामुदायीक बनको सभाहलमा भएको शिक्षक भेलाले संगठनको ३९ सदस्सीय नयाँ जिल्ला समिति घोषणा गरेको छ।

नेपाल राष्ट्रिय शिक्षक संगठन, संगठन सुदृढीकरण अभियान अन्तरगत समिति गठन गरिएको छ। चैतभरमा जिल्लाका १७ वटै स्थानीय तहमा समानान्तर कमिटीहरु गठन गरिसक्ने योजना संगठनले तय गरेको छ।

हरि सुबेदीको संयोजकत्वमा गठित समितिको सहसंयोजकमा शर्शु गुरुङ र सचिवमा गणेश अधिकारी रहेका छन् । सदस्यहरुमा चन्द्र पराजुली, उमेश खड्का, रोहित घिमिरे, प्रेम कार्की, कमल कोइराला,कृष्ण दाहाल, ज्ञानबहादुर राउत, बिरेन्द्र यादब, तुलाराम चौधरी, सत्यनारायण माझी, जसबहादुर राई, शैलेन्द्र थोक्लेन, भिम लुइँटेल, देबेन्द्र राई, मञ्जु न्यौपाने, बिकेन माझी, बिमला काफ्ले, खेम भट्टराई र परी कार्की हुनुहुन्छ ।

त्यसैगरी अन्य सदस्यहरुमा बासु बराल, हरि धमाल, डेगप्रसाद बाँस्तोला, दिनानाथ झा, शुवास रेग्मी, हितबहादुर बुढाथोकी, स्वर्णकान्त दाहाल, केशव काफ्ले, परशु बराल, चमरु यादव, शृष्टि दास र चन्द्र सुबेदी चयन भएका छन् ।

भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि एमाले केन्द्रीय सदस्य महेश रेग्मीले केपी ओलीले योजना बनाएरै कम्युनिष्ट आन्दोलन सिद्ध्याउन लागेको दाबी गरे ।

रेग्मीले नेपालमा कम्युनिष्टहरुको लोकप्रियता नचाहने देशीविदेशी प्रतिक्रियाबादीहरुसँगको साँठगाँठमा ओलीले नेकपाको एकता टुक्र्याएर एमाले समेतलाइ विभाजनमा लागेको ठोकुवा गरे ।

नेपालको लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्बाह गरेको नेपाल राष्ट्रिय शिक्षक संगठनको गौरबलाई उच्च राख्दै जनताको बहुदलीय जनबादको मर्म र भावना अनुसार नेकपा एमालेको पुनर्गठन अभियानमा जुट्न नेता रेग्मीले शिक्षकहरुलाई आग्रह गरेका छन् ।

भेलालाई संविधानसभा सदस्य चन्द्र गुरुङ, एमाले प्रदेश कमिटी सदस्य चंद्रबीर राई, शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष भिम बस्नेत, बुद्दिजिबी परिषदका केन्द्रीय सदस्य डाक्टर उद्दब पोख्रेल लगायतले सम्बोधन गरेका थिए ।