चुनाव अगाडि नै सर्वसम्मत चयन भो पत्रकार महासंघ धनकुटाको कार्यसमिति

नरेन्द्र कश्चित

  • २४ चैत्र २०७७, मंगलवार

नेपाल पत्रकार महासंघ धनकुटाको १० औ महाधिवेशनबाट नगेन्द्र राईको अध्यक्षता १८ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन भएको छ ।

निर्बिरोध चयन भएको महासंघको जिल्ला समितिमा बरिष्ठ उपाध्यक्ष विदुर खवास, महिला उपाध्यक्ष, देवकला कार्की, सचिव हरि बहादुर लम्जेल, समावेशी सह-सचिव पूर्ण कुमार चौधरी , खुल्ला सह-सचिव ईश्वर थापा र कोषाध्यक्ष डण्डीकेशर कट्टेल (रविन) सर्वसम्मत चयन भएका छन् ।

जिल्ला कार्यसमितिको महिला सदस्यमा मनिषा पोखरेल, आदिवासी जनजाती सदस्यमा अजय सन्तोषी राई, मधेसी सदस्यमा नेव नारायण चौधरी, समावेशी सदस्यमा आकृति राई, खुल्ला सदस्यमा शर्मिला राई, नरेन्द्र राई, विकास घिमिरे, विश्वराज श्रेष्ठ, विजय शेखर श्रेष्ठ र आशिष लिम्बू सर्वसम्मत चयन भएका छन् ।

यसैगरि संघीय परिषद सदस्यमा सञ्जय सन्तोषी राई, सिध्दराज राई, खगेन्द्र प्रसाद घिमिरे, स्मिता निरौला सर्वसम्मत निर्बाचित भएका छन् । त्यस्तै प्रदेश परिषद सदस्यमा रमेशचन्द्र अधिकारी, सुमन गुरागाईँ, नयराज नेपाल, कविराज घिमिरे, जयन्ती राई, दुखाराम माझी, टकलाल राई, यानिन्द्र तिगेला लिम्बू, मानवी मोक्तान र ब्रह्म लाल हजारी सर्वसम्मत चयन भएका छन् ।

धनकुटा जिल्लाको १०औ महाधिवेशनबाट सर्वसम्मत जिल्ला कार्य समिति चयन भएपनि नेपाल पत्रकार महासंघ संघीय परिषद र १ नं.प्रदेश कार्यसमिति पदाधिकारी,सदस्यहरूको लागि भने निर्वाचन हुने निर्वाचन समितिका अधिकृत ठगिन कुमार राईले जानकारी दिए । बुधबार विहान ९ बजेदेखि ५ बजेसम्म होटल प्यासिफिक थ्रीमा नेपाल पत्रकार महासंघ संघीय परिषद र १ नं.प्रदेश कार्यसमिति पदाधिकारी,सदस्यहरूको लागि निर्वाचन हुने निर्वाचन समितिले जनाएको छ । नेपाल पत्रकार महासंघका जिल्ला, प्रदेश तथा केन्द्रका लागि बुधबार सबै जिल्लामा निर्वाचन हुँदैछ ।