महासंघ प्रदेशमा गठबन्धनको बर्चस्व, झापामा युनियन र मोरङमा चौतारीको नेतृत्व
- २६ चैत्र २०७७, बिहीबार
नेपाल पत्रकार महासंघ प्रदेश नं. १ को अध्यक्षमा लीलावल्लभ घिमिरे नेतृत्वको प्यानल नै विजयी भएको छ ।
नेपाल प्रेस युनियन, प्रेस संगठन नेपाल, बिद्रोही एमाले निकट प्रेस चौतारी र क्रान्तिकारी पत्रकार महासंघको साझा प्यानल विजयी नै भएको हो ।
प्रेस चौतारी नेपाल (ओली समूह) बाट उम्मेद्वार बनेका मोहनकाजी न्यौपानेलाई १९६ मतान्तरले पराजीत गर्दै घिमिरे विजयी भएका हुन् । घिमिरेले ७९३ मत प्राप्त गरे भने उनका प्रत्यासी उम्मेद्वार न्यौपानेले ५९७ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपाध्यक्षमा लवदेव ढुङ्गाना निर्वाचित भएका छन् । उनले ८१० मत प्राप्त गरे । उपाध्यक्षका प्रत्यासी उम्मेद्वार रोहित राईले ५९७ मत प्राप्त गरेका थिए ।
महिला उपाध्यक्षमा हिमादेवी चेम्जोङ निर्वाचित भएकी छिन् । उनकी प्रतिस्पर्धी कोकिला ढकालले ५७८ मत प्राप्त गरिन् । महासचिवमा विवेक गौतम ८१९ मत ल्याउँदै निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी फिफराज वेघाले ५६२ मत प्राप्त गरेका छन् ।
सचिवमा देवेन्द्र कार्की ८६२ मतका साथ निर्वाचित भए भने उनका प्रतिष्पर्धी अविजाल विष्टले ५१३ मत प्राप्त गरे । समावेशी सह सचिवमा सन्तोष यादव ७६१ मत प्राप्त गर्दै विजयी बने भने उनका निकटतम प्रतिष्पर्धी सन्तवीर लामाले ६२६ मत प्राप्त गरे । कोषाध्यक्षमा झापाका विमल लामिछाने निर्वाचित भएका छन् । उनले ८०६ मत प्राप्त गर्दा उनका प्रतिष्पर्धी सन्तोष रुचालले ५७२ मत प्राप्त गरे ।
त्यस्तै सदस्य पदमा झापाका सुरेन्द्र भण्डारी ८२९, लीलाराज झापाली ८१७, ध्रुव भट्टराई ८०४, तोयानाथ भट्टराई ७३९ र गोपालप्रसाद पोखरेलले ७२५ मत प्राप्त गर्दै विजयी भएका छन् । महिला सदस्यमा विनु तिम्सिनाले ८३८, माला पालुङ्वाले ७९० र सुशीला पाठकले ८४२ मत प्राप्त गर्दै विजयी बनेका छन् ।
त्यस्तै दलित सदस्यमा विपी दियाली ८२४ मतका साथ निर्वाचित भएका छन् । जनजाति सदस्यमा विष्णु सुव्वाले ८३७ , यमकुमार दनुवारले ६७१ मत प्राप्त गर्दै विजयी बने । मधेशी सदस्यमा प्रमोदकुमार यादवले ७९३, ब्रम्हदेव यादव ६७० मतका साथ निर्वाचित भए । अल्पसंख्यक सदस्यमा लीलावहादुर सुनुवार ६५५ मतका साथ निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
मोरङमा चौतारीका खनाल बिजयी
नेपाल पत्रकार महासंघ मोरङमा प्रेस चौतारीका सञ्जिब खनाल बिजयी भएका छन ।
खनाल ९८ मत प्राप्त गरी बिजयी भएका हुन । अध्यक्षका प्रत्यासी प्रेस युनियनका शंकर खरेलले ९२ मत प्राप्त गरेका छन् । प्रेस संगठन सहित संयुक्त गठबन्धनबाट बहुमत सदस्यहरु बिजयी भएपनि उनी पराजित भए ।
उपाध्यक्षमा गठबन्धनका मोहन भट्टराई ९७ मतका साथ बिजयी भएका छन । चौतारीका सन्तोष सिग्देल ९३ मतका साथ पराजित भए । सचिबमा नेत्र अधिकारी ९६ मतका साथ बिजयी बन्दा हरि अधिकारी ९४ मतका साथ पराजित भएका छन । सहसचिबमा प्रशान्तजंग निरौला निर्बाचित भएका छन । समावेशी सहसचिबमा अनिल श्रेष्ठ बिजयी भएका छन । सदस्यहरुमा दिलीप अग्रवाल, विरेन्द्र साह, तेजन खड्का, राकेश कर्ण, एलीना दियाली, उषा सरदार, पदम सरदार बिजयी भएका छन ।
झापामा संयुक्त प्यानल नै बिजयी
त्यसैगरी नेपाल पत्रकार महासंघ झापा शाखामा संयुक्त प्यानलका एकराज गिरी नेतृत्वको संयुक्त प्यानल बिजयी भएको छ ।
अध्यक्षका प्रत्यासी प्रधानमन्त्री केपी शर्मा ओली निकट निकट प्रेस चौतारी नेपालका विशाल नेम्वाङ पराजित भएका छन् । गिरी १५५ मत ल्याएर बिजयी हुँदा प्रत्यासी नेम्वाङले ७४ मत ल्याए ।
उपाध्यक्षमा संयुक्त प्यानलका केशव भट्टराई १३१ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्दी ओेली निकट प्रेस चौतारीका गोपाल झापालीले ९६ मत ल्याएका थिए ।
संयुक्त प्यानलबाट महिला उपाध्यक्षमा सुशीला संग्रौला १४० मत ल्याई निर्वाचित भइन भने प्रतिद्वन्द्वी ओली निकट प्रेस चौतारीका सावित्रा दाहाल पराजित भए ।
सचिवमा संयुक्त प्यानलका डिकेश लामा १२८ मतसहित बिजयी हुँदा प्रतिद्वन्द्वी नेपाल–खनाल निकट प्रेस चौतारीका सुब्रत न्यौपानेले ९९ मत पाएका थिए ।
खुला सहसचिवमा ओली निकट प्रेस चौतारीका विनोद सापकोटालाई पराजित गर्दै संयुक्त प्यानलका राजु पाठक बिजयी भएका छन् ।
समावेशी सहसचिवमा देशराज नेम्वाङलाई पराजित गर्दै संयुक्त प्यानलका अर्जुन राजवंशी बिजयी भएका छन् ।
कोषाध्यक्षमा ओली निकट प्रेस चौतारीका रमेश तिवारीलाई हराउँदै संयुक्त प्यानलका रञ्जित प्रसाईं निर्वाचित भएका छन् ।