स्थापनाको पन्ध्र बर्षपछि बेलबारी क्याम्पस आफ्नै भवनमा, बन्यो नयाँ संचालक समिति
- १ बैशाख २०७८, बुधबार
बेलबारी बहुमुखी क्याम्पसको तेस्रो परिषद भेलाले बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीको अध्यक्षतामा ११ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ ।
निबर्तमान अध्यक्ष रहेका सुवेदी दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन् । सुवेदी पहिलो पटक अध्यक्ष हुदाँ जग्गा ब्यबस्थापन गरी भवन समेत निर्माण गरीएको थियो ।
क्याम्पस भवन उद्घाटन परिषद भेलाकै बेला क्याम्पस भवनको उद्घाटन समेत गरीएको छ । नगर प्रमुख सुवेदीले क्यापस भवनको उद्घाटन गरेका हुन् ।
उच्च शिक्षा अध्ययन गर्नका लागि बिद्यार्थीहरु बाहिर जानुपर्ने अबस्था अन्त्य गर्न क्याम्पस स्थापना गरिएको स्मरण गर्दै मेयर समेत रहेका नव निर्वाचित अध्यक्ष सुवेदीले अहिले विद्यार्थीहरुले आफनै घरमा बसेर अध्यन गर्न पाएको बताए । नगरपालिकाले प्राविधिक शिक्षालाइ जोड दिएकोले क्यापसमा समेत त्यस्ता बिषयको अध्ययन अध्यापन प्राथमिकतामा राखिएको सुवेदीले बताए ।
यसरी बन्न थालेको थियो क्याम्पस भवन
सरकारले चार बिघा जग्गा स्वीकृत गरेपछि २०७६ असारमा बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले भवनको शिल्यान्यास गरेका थिए ।
पुर्वपश्चिम राजमार्ग देखि २ सय मिटर दक्षिणतर्फ निर्माण भएको क्याम्पसका लागि सरकारले ४ बिगाह जग्गा उपलब्ध गराएको थियो ।
नगरपालिकाको १ करोड, स्थानिय तह पुर्वाधार साझेदार कार्यक्रमको ५० लाख तथा क्याम्पसको ४० लाख बजेट ब्यबस्था भएपछि भवन बन्न थालेको थियो ।
निर्मित क्याम्पस भवनको पहिलो तलामा १६ कोठाहरु छन् । बहुवर्से योजनामा भवनको दोस्रो तला निर्माणाधीन छ ।
२०६५ सालमा स्थापना भएको क्याम्पस हालसम्म भाडा तिरेर अन्यत्र संचालन गरिँदै आएको थियो । ३ सय भन्दा बढी बिद्यार्थी हाल अध्यनरत रहेको क्यापसमा कमर्स, आर्टस तथा एजुकेसन पढाइ हुने गरेको छ । क्यापसको भवन बनाउने जिम्मा ढुकुचु र चौधरी जेभि कन्ट्रकसनले पाएका थिए ।
यो पनि पढ्नोस – स्थापनाको १२ बर्षपछि बल्ल बन्न थाल्यो बेलबारी बहुमुखी क्याम्पसको भवन
बेलबारी क्याम्पसलाई सरकारले दियो चार बिघाभन्दा बढी जग्गा, बन्नेभो आफ्नै भवन