‍धनकुटाका असिनापीडित कृषकलाई राहत दिन कांग्रेस, माओवादी र एमालेको माग

  • ४ बैशाख २०७८, शनिबार

धनकुटामा असिना सहितको बर्षाबाट पीडित कृषकहरुलाई राहत उपब्ध गराउन नेपाली कांग्रेस, माओवादी केन्द्र र बिद्रोही एमालेले सरकारसँग माग गरेका छन् ।

नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई, माओवादी केन्द्रका जिल्ला संयोजक रिषिराम ढुंगाना र बिद्रोही एमालेका जिल्ला अध्यक्ष अर्जुन राइले प्रेस विज्ञप्ती जारी गरी पीडित कृषकहरुलाई तत्काल राहत उपलब्ध गराउन संघिय सरकार, प्रदेस सरकार र स्थानीय सरकार लगायत सवै सरोकारवाला निकायहरुसंग   माग गरेका हुन्  ।

माओबादी केन्द्र र एमालेले निकालेको संयुक्त बिज्ञप्तिमा हावा हुण्डरी सहितको असिना पानीले धनकुटामा तरकारी, फलफुल र अन्य वालीनालीमा करोडौं बराबरको क्षति भएकोले कृषक र उपभोक्ताहरुलाइ राहतको कार्यक्रम ल्याउन तिनै तहका सरकारहरुलाइ आग्रह गरिएको छ ।
कांग्रेस धनकुटाका सचिव बिजय सन्तोषी राइले पनि एक बिज्ञप्ति मार्फत कृषकहरुलाई नि:शुल्क गुणस्तरीय मल बिउ समेत उपलब्ध गराउन सवै तहका सरकार समक्ष माग गरेका छन् ।

कांग्रेस धनकुटाले जिल्ला कार्य समिति मातहतका सम्पूर्ण समितिहरुका पदाधिकारी र समस्त कांग्रेसजनहरुलाई असिनापानीबाट भएको ठूलो क्षतीको मारमा परेका कृषकहरुलाई आ आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न समेत  उक्त विज्ञप्ती मार्फत आग्रह गरेको छ ।                  स्मरण रहोस् धनकुटामा यसपालि डढेलो र आगलागीले समेत ठुलो क्षति पुगेको छ ।