स्कुलहरुमा चक डस्टरको सट्टा प्रोजेक्टर र स्मार्टबाेर्डको ब्यबस्था गर्दै बेलबारी नपा

  • ८ बैशाख २०७८, बुधबार

प्रविधिमा फडको मार्दै गएको बेलबारी नगरपालिकाले बिद्यार्थीहरुलाई चकको धुलो मुक्त गराएको छ ।

बिद्यालय तथा क्यापसहरुमा अझै पनि चक डस्टरको प्रयोगबाट पठन पाठन भइरहेका बेला बेलबारीले भने प्रबिधिको प्रयोग गर्दै पठन पाठन गराउन थालेको हो। प्रोजेक्टर तथा स्मार्टबार्डको प्रयोगबाट बिद्यार्थीहरुलाई पठन पाठन गराइ रहेको छ ।

सोमवार मात्रै बेलबारी बहुमुखी क्यापसलाई लइापटप, कम्पयूटर तथा प्रोजेक्टर बितरण गरीएको छ । बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले तिन थान ल्यापटप, तिन थान प्रोजेक्टर र एक थान कम्प्युटर हस्तान्तरण गरेका छन् ।

एक कार्यक्रमका बिच क्यापस प्रमुख खगेन्द्र लुइटेललाई नगर प्रमुख सुवेदीले उक्त सामाग्रीहरु हस्तान्तरण गरेका हुन । शैक्षिक सामाग्रि हस्तान्तरण गर्दै नगर प्रमुख सुवेदीले समयको माग अनुसार चल्न सिक्नु पर्ने बताए ।