बेलबारी क्याम्पसमा पढ्ने नयाँ बिद्यार्थीले तिर्नै नपर्ने भो भर्ना शुल्क
- ८ बैशाख २०७८, बुधबार
आर्थिक अभावका कारण शैक्षिक उदेश्य नै पुरा नगरी छाड्ने गरेका बेला बेलबारी नगरपालिकाले भने बेलबारी बहुमुखी क्यापसमा अध्ययन गर्न आउने नयाँ बिद्यार्थीको भर्ना शुल्क तिरीदिने भएको छ ।
२०७७ /०७८मा प्रथम बर्षमा भर्ना हुने शबै सकायका बिद्यार्थीरुहको भर्ना शुल्क नगरपालिकाले तिरीदिने नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए ।
क्यापसमा शिक्षा शास्त्र, म्यानेटम्नट तथा आर्टस सकायको पठन पाठन हुने गरेको छ । तिन बटै सकायमा अध्यन गर्न आउने बिद्यार्थीहरुको भर्ना वापतको सम्पुर्ण खर्च नगरपालिकाले ब्यहोरीदिने गरी बैशाख ५ गतेको नगर कार्यापालिकाको बैठकले समेत निर्णय गरेको छ ।
आर्थिक अभावका कारण कसैले पनि पठन पाठन छाड्नु नपारेस भन्ने उदेश्यका साथ यस्तो निर्णय गरीएको नगर प्रमुख सुवेदीले बताए । एक जना बिद्यार्थीले भर्ना शुल्क बापत ६ हजार एक सय देखी ६ हजार दुई सयसम्म बुझाउने गरेका थिए ।
सो रकम नगरपालिकाले ब्यहोरी दिने भएपछि बिद्यार्थी समेत खुसी भएका छन् । क्यामपसमा पठन पाठनका लागि अध्ययन सुरु भएदेखि नै आएपनि आर्थिक अभावका कारण धेरै साथिहरुले पठन पाठन पुरानै नगरी छाडन हुन्थ्यो बेलबारी बुहुमुखी क्यापसमा अध्यनरत बिद्यार्थी रोशनि शाहिले भनिन् अब सवैले पढ्न पाउने भयौं ।
सुरु सुरुमा क्यापसका कोठाहरुमा आटी नआटी बिद्यार्थी आउने गरेपनि फाइनलमा परिक्षा फारम भर्ने समयमा सख्य न्युन हुने गरेको क्यामपस प्रमुख खगेन्द्र लुईटेलको भनाई छ ।
२०६५ सालमा स्थापना भएको उक्त क्यापस समेत आफनै जग्गामा बनेको छ । कुल लागतको ६० प्रतिशत नगरपालिकाले बजेटको ब्यबस्थापन गरेर क्यामपस भवन निर्माण गरीएको हो । आफ्नै भवन नहुदाँ घर भाडामा लिएर क्यामपस संचालन गर्ने गरीएको थियो । साँघुरो कोठामा कक्षाकोठा संचालन गर्दा बिद्यार्थीको पठन पाठनमा समेत असर पर्ने गरेको क्यापसका प्रध्यापक तिला गौतमले बताईन् ।
यसैगरी बेलबारी नगरपालिकाले बेलबारी बहुमुखी क्यापसलाई ल्यापटप, कम्पयूटर तथा प्रोजेक्टर बितरण गरेको छ । बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले तिन थान ल्यापटप, तिन थान प्रोजेक्टर र एक थान क्मप्युटर प्रमुख खगेन्द्र लुइटेललाई हस्तान्तरण गरेका हुन् ।