छथर जोरपाटीमा असिनाबाट ४८ करोडको क्षति भएको ठहर

नारायण कुमार राई

  • ११ बैशाख २०७८, शनिबार

बैसाख २ गते परेको असिना पानीबाट पालिकामा ४८ करोड बराबरको तरकारी, फलफुल तथा नगदेबाली नष्ट भएको पालिकाले जानकारी दिएको छ ।

कृषि शाखाले गरेको अनुगम तथा सार्वजनिक सूचना जारी गरी संकलन गरेको बिवरण अनुसार पालिकाको वडा नं।२,५,६ मा लगाईएको सबै बालीहरु र अन्य ३ वडामा आंशिक क्षति भएको प्रतिवेदनमा उल्लेख छ ।

सबैभन्दा बढी वडा नं।६ मा २० करोड भन्दा बढीको सब्जी तथा अन्य बालीहरुको  क्षती भएको छ । त्यसपछि वडा नं।५ मा १३ करोड र वडा नं। २ मा ११ करोड बरावरको क्षति भएको छ ।

पालिकाको कृषि तथा पशु शाखाले पालिकाका ६ वटै वडाको क्षति बिवरण संकलन गरेर निर्णयका लागि पालिका बैठकमा पेश गरेको छ ।

७ गते मंगलबार बसेको पालिकाको बैठकले क्षतिपूर्ति तथा राहतका लागि संघ,प्रदेश र सम्बिन्धित निकायहरुमा पहल गर्ने निर्णय गरेको पालिका अध्यक्ष शेरबहादुर लिम्बूले जानकारी दिनुभयो ।

असिनाबाट काउली, बन्दा,आलु, रायो, मटरकोसा, खुर्सानी, मकै, गोलभेडा, काँक्रो, अलैची, अम्रिसो, घाँस तथा फलफुल र केहि चौपाया क्षति भएको प्रतिवेदनमा उल्लेख छ ।