बढ्या बढ्यै छन् कोरोना संक्रमित, बेलबारीका १७ जनामा संक्रमण पुष्ठि

  • २० बैशाख २०७८, सोमबार

‍मोरङको बेलबारीमा कोरोना सक्रमितको संख्या १७ पुगेको छ ।

सक्रमित हुनेमा बेलबारी ३ का ५ जना १ का दुई जना २ का तिन जना ४ का तिन जना, ११ का तिन जना र १० मा एक जना सक्रमित रहेको बेलबारी नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी सन्तोष बिश्वकर्माले बताए ।

पिसिआर परिक्षण मार्फत कोरोनाको परिक्षण गर्दै आएको नगरपालिकाले हाल एन्टीजिन मार्फत परिक्षण गरीरहेको छ ।

नगरपालिकाले अत्यावश्यक कामबाहेक घर भन्दा बाहिर ननिस्कन समेत सवैलाई आग्रह गरेको छ ।

नगरपालिकाले साप्ताहिक लाग्ने हाट बजार तथा बिद्यालयहरु बन्द गरीसकेको छ ।