पत्रकारलाई कोरोना लागे नि:शल्क उपचार गर्ने महासंघ धनकुटाको निर्णय
- २१ बैशाख २०७८, मंगलवार
नेपाल पत्रकार महासंघ धनकुटाले जिल्लाका पत्रकारहरु कोरोना संक्रमित भएमा नि:शल्क उपचार गराउने निर्णय गरेको छ ।
नवनिर्वाचित कार्यसमितिको पद हस्तान्तरण कार्यक्रम लगत्तै भएको बैठकले सो निर्णय गरेको हो ।
पत्रकार महासंघ धनकुटा शाखाको निर्वाचित कार्यसमितिका अध्यक्ष नगेन्द्र राईको अध्यक्षतमा भएको पहलो बैठकले धनकुटाका संचारकर्मीहरु कोरोना संक्रमित भएमा उपारमा लाग्ने सम्पूर्ण खर्च पत्रकार महासंघ धनकुटा शाखाले व्यहोर्ने र पत्रकारहरुलाई सुरक्षित तथा स्वास्थ्य सामग्रीहरु वितरण गर्ने लगायतका अन्य विभिन्न निर्णयहरु भएको नेपाल पत्रकार महासंघ धनकुटा शाखाका सचिव हरी वहादुर संजेलले वताए ।
त्यसैगरी नेपाल पत्रकार महासंघ धनकुटा शाखाका निर्वाचित कार्यसमितिको पद हस्तान्तरण तथा बहाली कार्यक्रम सम्पन्न भएको छ ।
तत्कालिन अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठको अध्यक्षतमा भएको पद हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सिरता वराईली, प्रदेश उपाध्यक्ष हिमा चेम्जोग, पूर्व जिल्ला अध्यक्षहरु सञ्जय सन्तोषी राई, विजय सन्तोषी राई, खगेन्द्र घिमिरे, सल्लाहकार भेषराज कट्टेल, फोनिजका अध्यक्ष सन्तवीर लामा, प्रेस चौतारी नेपाल धनकुटाका अध्यक्ष सन्तोष रुचाल, नेपाल प्रेस यूनियन धनकुटाका उपाध्यक्ष अजय सन्तोषी राई लगायतको उपस्थिति थियो ।
नेपाल पत्रकार महासंघ धनकुटा शाखाको निर्वाचनमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई र केन्द्रिय तथा प्रदेश परिषद सदस्यहरुलाई शाखाका तत्कालिन अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ, पूर्व अध्यक्ष विजय सन्तोषी राईले खादा तथा टिका लगाई दिई पद वहाली गराएका थिए । निर्वतमान कार्य समितिका उपाध्यक्ष लगायत कार्य समिति र सल्लाहकार समितिका सदस्यहरुलाई महासंघका तत्कालिन अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठले आफ्नो कार्यकालमा सहयोग गर्नु भएको भन्दै धन्यवाद पत्र पदान गरे ।
निर्वाचित कार्य समिति, केन्द्रिय तथा प्रदेश परिषद सदस्यहरुलाई नेपाल पत्रकार महासंघ धनकुटाको निर्वाचन समितिका संयोजक ठगिन कुमार राई र सदस्य तिल विक्रम चेम्जोङले निर्वाचित भएको प्रमाण पत्र प्रदान गरेका छन् ।
नेपाल पत्रकार महासंघ धनकुटा शाखाको निर्वाचनमा अध्यक्ष नगेन्द्र राई, उपाध्यक्ष विदुर खवास, उपाध्यक्ष देवकला तिम्सिना, सचिव हरी वहादुर लम्जेल, सहसचिवद्वय पूर्ण चौधरी, इश्वर थापा र कोषाध्यक्ष रविन कट्टेल निर्वाचित भएका थिए ।
त्यस्तै सदस्यहरुमा अजय सन्तोषी राई, नरेन्द्र कस्चित, सर्मिला राई, विकास घिमिरे, विश्वराज श्रेष्ठ, मनिषा पोखरेल, आषिश लिम्बु, आकृती राई, विजय शेखर श्रेष्ठ, नेम नारायण चौधरी, विशाल लम्जेल बिजयी भएका थिए ।
यसैगरी केन्द्रिय परिसद सदस्यहरु सञ्जय सन्तोषी राई, सिद्धराज राई, खगेन्द्र घिमिरे, स्मिता निरौला र प्रदेश परिषद सदस्यहरुलाई समेत खादा टिका लगाई दिई बधाई ज्ञापन गरिएको थियो ।