धनकुटामा २० बेडको कोभिड अस्पताल संचालन, उद्योग बाणिज्य संघद्वारा अवलोकन 

  • ८ जेष्ठ २०७८, शनिबार

‍धनकुटाको औद्योगिक ग्राममा  धनकुटा कोभिड अस्पताल संचालन गरिएको छ ।

धनकुटा जिल्ला अस्पतालका प्रमुख डा. पुजन विश्वकर्माको सक्रियतामा उनकै नेतृत्वमा अस्पताल संचालन भएको हो ।

२० बेड क्षमता भएको कोभिड अस्पतालमा हाल ८ जना कोभिडका विरामीहरुको उपचार भैरहेको धनकुटा अस्पतालका प्रमुख डा. पुजन विश्वकर्माले वताए ।

धनकुटा कोभिड अस्पतालमा राम्रोसंग उपचार भैरहेको उपचारर्थ कोभिडका विरामीहरु र विरामीका कुरुवाहरुले वताएका छन ।

धनकुटा जिल्लामा सयौं कोरोनाका संक्रमित विरामीहरु भएपता पनि अस्पतालमा नै भर्ना गर्नुपर्ने ८ जना विरामी मात्र अहिले कोभिड अस्पताल धनकुटामा अक्सिजन सहित उपचार गरिरहेका र अन्य विरामीहरु घर घरमा नै होम आईसोलेसनमा वसेर स्वास्थ्यकर्मीहरुको सल्लाह र परार्मशमा उपचार गराईरहेको अस्पतालले जनाएको छ ।

धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष सहितको टोलीले कोभिड अस्पतालको अवलोकन गरी विरामीहरुको अवस्था बारे जानकारी लिएको छ ।

धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई नेतृत्वको टोलीले अस्पताल  अवलोकन गरी विरामीहरुको अवस्थाको वारेमा जानकारी लिएको हो।

धनकुटा कोभिड अस्पतालमा उपचारमा रहेका विरामी र स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य तथा सुरक्षा सामग्रीहरु सहयोग गर्ने धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले वताए  । धनकुटा जिल्लामा हालसम्म ४ सयभन्दा बढी कोरोना संक्रमित भइसकेका छन् ।