लोकप्रिय बन्दै धनकुटा अस्पतालका प्रमुख डा. पुजन, कोरोना संक्रमित र आफन्तले गरे सम्मान  

  • २१ जेष्ठ २०७८, शुक्रबार

कोरोना संक्रमित भइ निको भएका बिरामी तथा विरामीका आफन्तले धनकुटा अस्पतालका प्रमुख डा. पुजन विश्वकर्मालाई सम्मान गरेका छन् ।

धनकुटा कोभिड अस्पताल औद्योगिक ग्राम र कोभिड आकस्मिक कक्ष धनकुटा अस्पतालमा चौविसै घण्टा ज्यानको प्रवाह नगरी विरामीहरुको उपचार गरी निको पारेपछि धनकुटा अस्पतालका प्रमुख डा. पुजन विश्कर्मालाई सम्मानित गरिएको हो ।

सिकिस्त कोरोना संक्रमित विरामीहरु पनि निको भई घर फर्कदै गएकाले ज्यान बचाई दिएको भन्दै डा. पुजनलाई निको भएका र आफन्तहरुले खादा तथा माला लगाई दिई सम्मान गरे ।

कोरोना संक्रमित भई उपचारका लागि आएका पाख्रिवासका सन्तोकी गुरुङ्ग र अन्य दुई जना विरामीहरु कोरोनाले सिकिस्त आएको सयममा धरान विराटनगरमा सम्पर्क गर्दा आई सि यू तथा भेन्टिलेटर नपाएपछि धनकुटामा नै हाई रिस्कमा अक्सिजन दिएर उपचार शुरु गरिएको र उनीहरू अहिले निको भएर घर फर्कन लागेकोमा आफु ज्यादै खुशी भएको डा. पुजन विश्वकर्माले वताए ।

धनकुटा अस्पतालको कोभिड आकस्मिक कक्षमा सिकिस्त भई १६ दिनसम्म उपचार गराएर निको भई घर जान लागेका धनकुटा जिल्ला पाख्रिवास नगरपालिका वडा नं. ४ का सन्तोकी गुरुङ, उनकी श्रीमती ज्योती गुरुङ्ग र अन्य कोरोना संक्रमित विरामीहरुका आफन्तहरु निराज राई, युवराज श्रेष्ठ लगायतले धनकुटा अस्पतालका डा. पुजन विश्कर्मालाई खादा तथा माला लगाई दिई सम्मान गर्दै आभार व्यक्त गर्दै धन्यवाद दिए ।

धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले कोरोना संक्रमितहरु विरामीहरुको उपचारमा तिन रात सक्रियतापूर्वक खट्दै निको बनाई दिएकोमा धन्यवाद दिए ।

धनकुटा कोभिड अस्पताल औद्योगिक ग्राम, धनकुटा आईसोलेशन सेन्टर, कोभिड आकस्मिक कक्षमा उपचार गराई अहिलेसम्म १ सय जना भन्दा बढीले उपचार गराई निको भएर घर फकिसकेका छन ।

धनकुटा जिल्लामा महामारीको रुपमा कोरोना भाईरस फैलदै गएका कारण अहिलेसम्म १ हजार भन्दाबढी कोरोना संक्रमित भईसेको धनकुटा स्वास्थ्य कार्यालयले जनाएको छ ।

धनकुटा कोभिड अस्पताल, कोभिड आकस्मिक कक्ष र धनकुटा अस्पतालमा गरी अहिले २१ जना कोरोना संक्रमितहरु उपचार गराईरहेको धनकुटा अस्पतालका प्रमुख डा.पुजन विश्वकर्माले वताए ।