बेलबारीमा नक्कली बोयर ल्याउने ग्रो अर्गानिकको धरौटी जफत, ठेक्का पनि रद्द
- २५ जेष्ठ २०७८, मंगलवार
कृषकलाइ बितरणका लागि खरिद गरिएका बोयर बोका बाख्रा नक्कली भएको पाइएपछि बेलबारी नगरपालिकाले मापदण्ड विपरितका बोकापाठी ल्याउने ग्रो अर्गानिक कृषि प्रा.लि. लाई कालो सुचीमा राखी धरौटी जफत गर्ने र सार्वजनिक खरिद ऐनको प्रावधान अनुसार कारवाही प्रकृया अघि बढाउने भएको छ ।
बेलबारी नगर कार्यपालिकाको बसेको कार्यपालिका बैठकले अष्ट्रेलियाबाट ल्याउने भनेर सम्झौता गरिए पनि मापदण्ड विपरितका बोकापाठी ल्याउने ग्रो अर्गानिकका प्रतिनिधि भएर आएका श्याम पाण्डेको संलग्नता रहेका विभिन्न कम्पनीले प्राप्त गर्ने अन्य योजनाका ठेक्का प्रकृया पनि सबै रद्द गर्ने निर्णय समेत भएको छ ।
नगरपालिकाको योजना शाखाबाट १ जना, पशुबिकास शाखाबाट १ जना तथा नेपाली कांग्रेस, नेकपा एमाले,नेकपा माओवादी केन्द्र
र जनता समाजवादी पार्टीबाट १/१ जना सदस्य रहनेगरी छानविन समिति बनाउने निर्णय भएको हो । समितिले ७ दिन भित्र प्रतिबेदन पेश गर्ने भनिए पनि उपमेयर पराजुलीले भने छानबिन समितिको संयोजक बस्न अस्विकार गरेकी छिन् ।







































































